किरण प्रसाद ढुंगाना
गाईघाट साउन २२
हिमालय बचत तथा ऋण सहकारी सस्थाले बचतकर्ताले बचत गरेको रकम फिर्ता नगरी ठगी गरेको बचतकर्ताले आरोप लगाएका छन। त्रियुगा नगरपालिका वडा ११ असारी रोडमा कार्यालय रहेको सहकारी १ बर्ष देखि बन्द छ। तुल्सी सहकारीले रकम ठगेको हल्ला आएपछी बचतकर्ताले बचत फिर्ता मागेका थिए। ” रकम फिर्ता मागेकै १ बर्ष जति भैसक्यो संचालकहरुले रकम दिने सुरसार गर्दैनन। दुई मुख्य संचालक मध्य एक जना मात्रै सम्पर्कमा छन। त्रियुगा ५ देउरि सन्तोष खाजा घरका संचालक सन्तोष राई बताउछन। राई थप्छन “२ लाख धुरको दरले ईटहरिमा सवा ८ धुर जमिन किनेको छ रे । हाम्रो पैसा अन्त लगानी गरेको भन्छ। बेचेर दिने रे। अहिले सम्म रकम पाउन सकेको छैन। ५ पटक त घरमै गै सक्यौ।” बचत कर्ता राईमात्र हैनन त्रीयुगा नगरपालिका वडा नम्बर ५ बस्ने ललिमाया मगर, सिवनाथ भगत, प्रमोद सिग्देल, कल्पना काफ्ले लगायत अन्य क्षेत्रका समेत गरि ३०० भन्दा बढी बचतकर्ताको बचत सहकारीले फिर्ता गरेको छैन। बचतकर्तालाई बचत फिर्ता नदिएपछि दैनिक गुजारा चलाउने साना ब्यवसायिहरु, दैनिक श्रम गरि खाने श्रमिकहरु मारमा परेका छन। त्रीयुगा नगरक्षेत्रका ३०० भन्दा बढी बचतकर्ताको ७० लाख जति बचत फिर्ता गर्नु पर्ने सहकारी संचालक सैलेन्द्र चौधरी बताउछन। सहकारीको पैसा रियल स्टेट ( घरजग्गा) मा लगानी भाको छ। त्यो बिक्री भए पछि सबै रकम ब्याज सहित फिर्ता गरिने संचालक चौधरी बताउछन। सचालक चौधरिका अर्का पार्ट्नर चौदन्डीगढि नगरपालिका वडा नम्बर ३ बसाहा बस्ने एकदेव थापा मगर भने सम्पर्क बाहिर छन। सहकारी नियमन गर्ने निकायको फितलो नियमनकारी भुमिका भए पछि सहकारीले बचतकर्ताको बचत मनोमानी ढंगले अन्य क्षेत्रमा लगानी गर्ने गरेका छन। जस्ले गर्दा बचतकर्ताको रकम डुब्ने खतरा बढेको छ।