Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा विद्युत प्राधिकरणको लापरबाही, रास्वपा जिल्ला सभापति कार्की घाइते

  • उपहार न्यूज
  • शुक्रबार, साउन १८ २०८१
उदयपुरमा विद्युत प्राधिकरणको लापरबाही, रास्वपा जिल्ला सभापति कार्की घाइते

उदयपुर, साउन १८ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरका सभापति चित्रकुमार कार्की करेन्ट लागेर घाइते भएका छन् । मोटरसाईकलमा सवार कार्कीलाई सडकमा अव्यवस्थित तारबाट करेन्ट लाग्दा सभापति कार्की घाइते भएका हुन् ।

त्रियुगा नगरपालिका १२ शनिमन्दिर नजिकै सडक पोलबाट लत्रिएर झरेको तार कार्कीको घाँटीमा अल्झीएको थियो । घाँटीमा करेन्ट लागेपछि मोटरसाईकलमा सवार कार्की सडकमै ढलेका थिए । करेन्ट लागेको तार घाँटीबाट हटाउन खोज्दा उनको हातमा समेत करेन्ट लागेको छ । कार्कीको जिल्ला अस्पतालमा उपचार भइहरको छ । उपचारमा संलग्न डाक्टरहरुका अनुसार कार्कीको अवस्था भने खतरामुक्त रहेको छ ।

नेपाल विद्युत प्राधिकरणके लापरबाहीका कारण आफू घटनामा परेको कार्कीको भनाई छ । सर्वसाधरणको आवतजावत बाक्लो हुने सडकमा रहेका विद्युतीय तारहरु व्यवस्थापन गर्न नसक्दा दुर्घटना भएको कार्कीले बताए । यसअघि पनि प्राधिकरण शाखा गाईघाटको लापरबाहीकै कारण हाईटेन्सल लाईनमा परी एक बालिकाले खुट्टा गुमाएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार