उदयपुर, साउन १३ ।
उदयपुरको बोक्सेस्थित स्थानीय गंगा खेलमैदानमा जारी फुटबल प्रतियोगिताका लागि टाईगर बोसले व्यक्तिगत रुपमा पुरस्कार प्रायोजन गर्ने भएका छन् । छिमेकी ओखलढुँगा स्थायी घर भई हाल बैदेशिक रोजगारीको सिलसिलामा मकाउ रहेका टाईगरले प्रतियोगिताका लागि दोस्रो पुरस्कार व्यवस्था गर्ने भएका हुन् ।
‘ए’ साईड दोस्रो पुरस्कार राशी स्वरुप टाईगरले २० हजार आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको प्रतियोगिता आयोजक समितिका संयोजक सरोज श्रेष्ठले जानकारी दिए । यहि साउन १० गतेदेखि बोक्सेमा जारी प्रतियोगिताको उपाधिकर्ताले ४० हजार नगदसहित प्रमाणपत्र, शिल्ड र मेडल पाउनेछन् । उपविजेतालाई भने २० हजार नगद र ट्रफि दिइनेछ ।
डेडी फुटसलबिरुद्ध बेदर्सको ८ गोल
जारी सेभेन ‘ए’ साईड फुटवल प्रतियोगिताको तेस्रो दिन ब्रोदर्स फुटवल क्लव बिजयी बनेको छ । प्रतिद्धन्दी डेडी फुटसललाई ८–० को फराकिला अन्तरले हराउँदै ब्रदर्स आगामी यात्राका लागि अगाडि बढेको हो । ब्रदर्सको तर्फबाट दिवस श्रेष्ठले ५ गोल, सुदिप श्रेष्ठले २ गोल र युवराज थापाले १ गोल प्रहार गर्दा जम्मा गोल संख्या ८ पुगेको थियो ।
यता डेडी फुटसलको तर्फबाट भने निर्धारित ९० मिनेट अवधिको खेलमा कुनै पनि गोल गर्न सकेन । खेलको म्यान अफ द म्याच दिवस श्रेष्ठ घोषित भए । उनलाई नगदसहित नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा गाईघाटका प्रमुख प्रमुख प्रेमकुमार राईले हस्तान्तरण गरेका थिए ।