Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरको बोक्सेमा सेभेन ‘ए’ साईड फुटबल प्रतियोगिता जारी, दोस्रो दिन ब्रदर्स र बगाहा विजयी

  • उपहार न्यूज
  • शुक्रबार, साउन ११ २०८१
उदयपुरको बोक्सेमा सेभेन ‘ए’ साईड फुटबल प्रतियोगिता जारी, दोस्रो दिन ब्रदर्स र बगाहा विजयी

उदयपुर, साउन ११ ।
उदयपुरमा जारी सेभेन ‘ए’ साईड फुटबल प्रतियोगिताको दोस्रो दिन बोक्सेको ब्रदर्स फुटबल क्लव र बगाहा युवा समूह विजयी भएका छन् । शुक्रबार फ्यूजन फुटबल क्लव बोक्से र वगाहा युवा समूह त्यस्तै ब्रदर्स फुटबल क्लव र सगरमाथा फुटबल क्लवबीच प्रतिस्पर्धा भएको थियो ।

पहिलो खेलमा निर्धारित ९० मिनेट अवधिको खेलभर दुई पक्षले आपसी १/१ गोलमा चित्त बुझाएपछि खेल बराबरीमा टंगीएको थियो । फ्युजनका कप्तान जर्सि नम्बर १४ का सनम राईले आफ्ना टिमका लागि १ गोल र बगाहाका खेलाडी जर्सी नम्बर १० का एलेक्स स्याम्बोले टिमलाई १ गोल दिलाएका थिए । ट्राईबे्रेकरमार्फत बगाहाले फ्यूजनबिरुद्ध ५ गोल प्रहार गरेको थियो । पराजित फ्यूजनले भने ४ गोल प्रहार गर्दै प्रतिकार प्रयास गरेको थियो । पहिलो खेलको म्यान अफ द म्याच बगाहाका खेलाडी एलेक्स स्याम्बो घोषित भए । उनलाई नगद हस्तन्तरण गरिएको थियो ।

शुक्रबारको दोस्रो खेल आयोजक ब्रदर्स फुटबल क्लव र सगरमाथा फुटबल क्लव राजावासबीच भएको थियो । ब्रदर्सका खेलाडी जर्सी नम्बर ११ का सुनिल खड्का र प्रतिद्धन्दी सगरमाथाका जर्सी नम्बर १७ का खेलाडी हेम दनुवार र जर्सी नम्बर ७ का अविशेक अधिकारीको २/२ गोल बराबरीमा निर्धारित समय सकिएको खेल पनाल्टीमार्फत टुंग्याइएको थियो । पेनाल्टी प्रहारको क्रममा विजयी ब्रदर्सले ९ गोल प्रहार गरेको थियो भने पराजय बेहोरेको सगरमाथाले ८ गोल जोडेको थियो । दोस्रो खेलको म्यान अफ द म्याच घोषित हुने ब्रदर्सका सुनिल खड्कालाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

साउन १९ गतेसम्म संचालन हुने प्रतियोगिताका उपाधि विजेताले ४० हजार प्राप्त गर्ने प्रतियोगिता आयोजन गर्ने संस्था दाजुभाई समूह दोहा कतारका संयोजक सन्दिपकुमार भट्टराईले जानकारी दिए । शनिबारको खेल दिउँसो ४ः०० बजेदेखि बोक्सेस्थित गंगा खेलमैदानमा दमौटी र बगाहाबीच हुने प्रतियोगिता संयोजक सरोज श्रेष्ठको भनाई छ । उनका अनुसार उपविजेताले मेडल, ट्रफि र प्रमाणपत्रसहित २० हजार नगद पाउनेछन् ।

जारी सेभेन ‘ए’ साईड फुटबल प्रतियोगिताको यो दोस्रो संस्करण हो । सामाजिक सेवादेखि बिभिन्न प्राकृतिक प्रकोपलगायत खेलकुद क्षेत्रमा सहयोग गर्दै आएको दाजुभाई समूह दोहा कतारले अघिल्लो वर्षदेखि प्रतियोगिता थालेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार