उदयपुर । उदयपुरका प्रहरी प्रमुख एसपी रमेश थापा काजमा सरुवा भएका छन् । थापासहित अन्य चार जना प्रहरी उपरीक्षकको काजमा सरुवा भएको हो । उदयपुरबाट बिदा भएलगतै थापाले अन्वेषण, योजना तथा विकास निर्दशनालय नक्सालमा नयाँ जिम्मेवारी पाएका छन् ।
२०८० भदौ १७ गृह मन्त्रालयले ४८ जना एसपी तथा एक सय २० जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा गर्दा थापा उदयपुर परेका थिए । सोही मिति अनुसार एसपी थापाले उदयपुरका करिब ११ महिना कार्यकाल बिताएका छन् ।
उदयपुरमा नयाँ प्रहरी प्रमुखको रुपमा हरिहरनाथ योगी आउने भएका छन् । उनी बागमती प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा कार्यरत थिए ।