उदयपुर । बेलका नगर युवा तथा खेलकुद विकास समितिले आयोजना गर्न गईरहेको यु–१४ महिला आवासीय फुटबल एकेडेमीमा भर्ना हुनका लागि यहीँ साउन ५ गते बेलाका–०५, जहडा खेलमैदानमा छनौट प्रतियोगिता हुने भएको छ ।
उदयपुर जिल्ला भरिका १४ वर्ष मुनिका १७ जना महिला खेलाडीहरुका लागि हुने छनौट प्रतियोगितामा सहभागिता जनाउनका लागि २०६९ पुस १५ गते अघि र २०६६ पुस १५ गतेपछि जन्म भएको हुनुपर्नेछ । छनौट कार्यक्रमको औपचारिक उद्घाटन साउन ५ गते बिहान ९ बजे हुनेछ भने छनौट खेल १२ः१५ देखि ४ः०० बजेसम्म हुने भने खेलाडीहरुले सही दिन बिहान ११ बजे देखि १२ः१५ भित्र नाम दर्ता फाराम र रु.२०० सहितको दस्तुर बुझाउनुपर्ने हुन्छ ।
बेलका नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुने यस एकेडेमीमा बेलका नगरपालिकाको कार्यालय रामपुर सञ्चालक तथा संरक्षक को भूमिका अन्तर्गत रहेको छ। फुटबल खेलाडीहरुलाई गुणस्तरीय शिक्षाका लागि होस्टल र विद्यालय शुल्क लाग्ने छैन यसका लागि नमुना जनता मावि गुरुङचौरीले व्यवस्थापक तथा सह सञ्चालकको भूमिका रहेको छ भने एकेडेमी सञ्चालनमा मुख्य प्राविधिक सहयोग अखिल नेपाल फुटबल संघ (ब्ल्ँब्) को रहेको छ ।