Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उपमेयर गोल्डकपको उपाधि बागमती फुटवल क्बले उचाल्यो (फोटो फिचर सहित)

  • उपहार न्यूज
  • मंगलबार, असार १९ २०८१
उपमेयर गोल्डकपको उपाधि बागमती फुटवल क्बले उचाल्यो (फोटो फिचर सहित)

उपहार न्यूज
उदयपुर असार १८
उदयपुरको गाईघाटमा सम्पन्न दोस्रो उपमेयर गोल्डकप फुटवल प्रतियोगीताको उपाधि बागमती फुटवल क्लब सर्लाहिले उचालेको छ । मंगलबार गाईघाट स्थित थरुहट रंगशाला गाईघाटमा आयोजित प्रतियोगीताको फाइनल खेलमा धरान महिला फुटवल क्लबलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै बागमतीले उपाधि चुमेको हो । बागमती फुटवल क्लबको लागि पहिलो हाफमा जर्सी नम्बर १६ का बिष्णु वलले एक मात्र गोल गरेकी थिईने सोहि गोल निर्णायक सावित हुदाँ बामती फुटवल क्लबले उपाधि चुमेको हो । उपाधि संगै बामती फुटवल क्लबले नगद एक लाख १० हजार र दोस्रो हुने धरान महिला फुटवल क्लबले ५५ हजार नगद पुरस्कार हात पार्न सफल भएको छ ।
प्रतियोगीतामा प्लेयर अफ द म्याच बागमतीका बिष्णु वलले हात पारिन त्यसैगरी विद्यागत पुरस्कार तर्फ उदमयान खेलाडिको उपाधि गाईघाट फुटवल क्लबका सुम्निमा राई, उत्कृष्ट गोल रक्षकको उपाधि बागमतीका उषा थापा, बेष्ट डिफेण्डरको उपाधि बामतीका सजनी थोकर, सर्वोत्कृष्ट खेलागि धरानका समिक्षा मगर, उत्कृष्ट मिड फिल्डर धरानका प्रतिक्षा राई, सर्वाधिक गोलकर्ता गाईघाट फुटवल क्लबका पूर्णीमा राई र उत्कृष्ट प्रशिक्षक बामतीका सोनाम लामा हुन सफल भएका थिए ।
बिजयी समुह तथा विद्यागत उत्कृष्ट हासिल गर्ने खेलाडिहरुलाई कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगरपालिकाका नगर प्रमुख महेश्वरी राई, जिल्ला फुटवल संघ उदयपुरका अध्यक्ष रन्जन कार्की, महसचिव मदन भुजेल, शसस्त्र प्रहरी उपरिक्षक सरोजसिंह बस्नेत, जिल्ला प्रहरीका प्रहरी नायव उपरिक्षक राजन चापागाई, प्रहरी निरिक्षक रोशन थापा, सन्तोष कार्की, पत्रकार महासंघ उदयपुरका सचिव विश्वराज तामाङ, त्रियुगा नगर खेलकुद विकास समितिका अध्यक्ष विजय सिंह, रौता स्पोर्टस क्लबका अध्यक्ष तथा समाजसेवी हरि आलेगमर, महिला अधिकारकर्मी माया भण्डारी, युवा समाजसेवी पत्रकार टेकराज रिखामले अतिथिहरुले पुरस्कृत गर्नु भएको थियो । जिल्ला फुटवल संघ उदयपुरको आयोजनामा दोस्रो पटक आयोजना गरिएको प्रतियोगीता उत्साजकन दर्शकको सहभागीताका विच सम्पन्न भएको जिल्ला फुटवल संघ उदयपुरका अध्यक्ष रन्जन कार्कीले जानकारी दिनु भयो ।
समापन कार्यक्रमको उद्घाटन शत्रमा कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगरपालिकाका नगर उपप्रमुख महेश्वरी राईले महिलाहरु शसक्तिकरण र महिला खेलाडिहरुको हौसलाको लागि प्रतियोगीतको आयोजनाको लागि सहयोग गरीएको बताउनु भयो ।
उपप्रमुख राईले यस किसिमको प्रतियोगीतालाई निरन्तरता दिनको लागि नगरपालिकाले आगामी दिनमा समेत सहयोग पु¥याउने बताउनु भयो । कार्यक्रममा कटारी नगरपालिका नगर उपप्रमुख गीता खड्का, त्रियुगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सुमन्त कोइराला, पत्रकार महासंघ उदयपुरका सचिव विश्वराज तामाङ, त्रियुगा नगर खेलकुद विकास समितिका अध्यक्ष विजय सिंहले यस किसिमको प्रतियोगीताले खेल क्षेत्रका विकासमा टेवा पु¥याउने बताउनु भयो ।

तस्बीरहरु ः विजय राई

Last updated:2024 Jul 02 Tuesday 16:20:02

प्रतिक्रिया
सम्बन्धित समाचार