Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

बालमैत्री घोषित उदयपुरको रौतामाई– ८ बन्यो जिल्लाको छैटौँ वडा

  • उपहार न्यूज
  • सोमबार, असार १८ २०८१
बालमैत्री घोषित उदयपुरको रौतामाई– ८ बन्यो जिल्लाको छैटौँ वडा

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाको– ८ नम्बर वडालाई ‘बालमैत्री’ घोषणा गरिएको छ । बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको पहलमा आधारभूत आवश्यकता र तोकिएका मापदण्डहरु पूरा भएपछि एक समारोहकाबीच औपचारिक रुपमै ‘बालमैत्री वडा’ घोषण गरिएको हो ।

वडा कार्यालय र वल्र्डभिजन इन्टरनेशनल नेपाल, जाल्पा एकीकृत विकास समाज, हुरेण्डेक उदयपुर र साहस नेपालसहितका बिभिन्न ४ गैरसंस्थाहरुले सो क्षेत्रमा लामो समयदेखि निरन्तर काम गर्दै आएका थिए । बालमैत्री घोषणाका लागि ५ बिधामा तोकिएका ५१ सूचाङ्क पूरा भएसँगै औपचारिकता दिइएको वडाध्यक्ष घमानसिंह थापामगरले जानकारी दिए ।

बालविकास, बाल सहभागिता, बाल संरक्षण, बाल बचाऊ र संस्थागत विकास गरी ५ बिधामा बिभाजन गरी मूल्यांकन गरिएको थियो । जसअन्तर्गत उदयपुरमा रौतामाई ८ सँगै बालमैत्री घोषणा हुने वडाको संख्या ६ पुगेको छ । यसअघि त्रियुगा नगरपालिका– १५, रौतामाई गाउँपालिका– २ र ४ उदयपुरगढी गाउँपालिकाको १ र ताप्ली ५ नम्बर वडा घोषित भइसकेका छन् ।

रौतामाई ८ का वडाध्यक्ष तथा वडास्तरीय बालअधिकार समितिका अध्यक्षसमेत रहेका थापामगरको अध्यक्षतामा नम्बर वडा कार्यालय पुवारे मन्ज्याङमा आयोजित कार्यक्रममा प्रमुख अतिथी रौतामाई गापा प्रमुख वीरेन्द्रकुमार मगर, विशेष अतिथीका रुपमा उपाध्यक्ष भुपिन्द्रबहादुर थापा, छिमेकी वडाध्यक्ष तथा वडासचिव लगायतको उपस्थिती रहेको थियो । त्यस्तै वल्र्डभिजन इन्टरनेशनल नेपालका प्रतिनिधि प्रमिल अधिकारी, जाल्पा एकीकृत विकास समाज उदयपुरका अध्यक्ष पुष्पराज पोखरेल, रुद्र पोखरेल, कार्यक्रम संयोजक जंगबहादुर धिमाल, हुरेण्डेक उदयपुरका प्रतिनिधि गजेन्द्र लायोमगर लगायतको पनि सहभागिता रहेको थियो ।
त्यसैगरी घोषणा कार्यक्रममा स्थानीय बालसंजाल, बालक्बव, टोल विकास संस्था, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, स्वास्थ्यकर्मी, पत्रकार तथा स्थानीय सर्वसाधरण सयौँ वडाबासीको उपस्थिती रहेको थियो ।

उद्घाटन सत्रमा बोल्ने अधिकांस सहभागीहरुले बालमैत्री वडा घोषणासँगै सरोकारवालामाथि जिम्मेवारी थपिएको टिप्पणी गरेका थिए । बालमैत्री घोषणा गरिएको वडाभित्र पूर्णता पाएका ५१ सूचाङ्कहरु खस्कीन नदिन स्थानीय सरकार र आम अभिवावक जिम्मेवार हुनुपर्ने प्रमुख अतिथी वीरेन्द्रकुमार मगरले बताए । घोषणापछिको प्रभावकारी कार्यन्वयन र निरन्तरताका लागि आफूहरु तयार रहेको रौतामाईका उपाध्यक्ष भुपिन्द्रबहादुर थापाको भनाई थियो । बिभिन्न चुनौतिका बावजुत पनि वडालाई बालमैत्री घोषणा गर्न सफल भएको र घोषित वडालाई उल्लेखित सूचांक टिकाईराख्न आफूले वडाबाट आवश्यक बजेट तथा व्यवस्थापनका लागि अधिक पहल गर्ने वडाध्यक्ष घमानसिंह थापामगरको भनाई थियो ।

बालबालिका लक्षित बिभिन्न प्लेकार्डसहितको डिल्लीवर परिक्रमा गरी कार्यक्रमस्थलमा पुगेरपछि सुरु गरिएको थियो । वडालाई बालमैत्री घोषणा गर्न महत्वपूर्ण सहयोग गर्ने संघसंस्था तथा व्यक्तिलाई कदरपत्र हस्तान्तरण गरिएको थियो भने बिभिन्न स्थानीय जातिहरुको सांस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिएको थियो । सहभागीहरुले बालमैत्री वडाका लागि सामूहिक प्रतिबद्धतास्वरुप हस्ताक्षरसमेत गरेका थिए ।

Last updated:2024 Jul 01 Monday 16:58:34

प्रतिक्रिया
सम्बन्धित समाचार