उपहार न्यूज
उदयपुर असार १६
उदयपुरमा जारी दोस्रो उपमेयर गोल्डकप फुटवल प्रतियोगीताको दोस्रो सेमिफाईनल खेलमा गाईघाट फुटवल क्लबलाई दुई शुन्य गोल अन्तरले पराजित गर्दै बागमती युवा क्लब सर्लाहि प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ । आईतबार थरुहट रंगशाला गाईघाटमा आयोजित प्रतियोगीतामा बागमती युवा क्लबको लागि अनिता रानामगर र सलिना लावोसले एक एक गोल गर्न सफल भएका थिए । जित संगै वागमती युवा क्लब सर्लाहि प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ ।
बागमतीले फाइनलमा डिडब्लु एफ.सी धरानको सामाना गर्ने छ, धरानले शनिवार सम्पन्न खेलमा एनविवाईसी सप्तरीलाई ट्राइब्रेकरमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको जिल्ला फुटवल संघ उदयपुरका सदस्य तथा म्याच कमिस्नार राजेन्द्र राईले जानकारी दिनु भयो । प्रतियोगीताको फाईनल खेल मंगलबार हुने छ, प्रतियोगीताको विजयी समुहले एक लाख १० हजार र दोस्रो हुने समुहले ५५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
त्रियुगा नगरपालिका र उपमेयर संग जनता कार्यक्रमबाट सहयोग भएको प्रतियोगीता जिल्ला फुटवल संघ उदयपुरको आयोजनामा भएको हो । महिला खेलाडिहरुको विकासको लागि दोस्रो पटक आयोजना गरिएको प्रतियोगीतालाई निरन्तरता दिने उदयपुर जिल्ला फुटवल संघका अध्यक्ष रन्जन कार्कीले जानकारी दिनु भयो ।