Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उपमेयर गोल्डकप वागमती युवा क्लब बिजयी

  • उपहार न्यूज
  • शुक्रबार, असार १५ २०८१
उपमेयर गोल्डकप वागमती युवा क्लब बिजयी

उपहार न्यूज
उदयपुर असार १४
उदयपुरमा जारी दोस्रो उपमेयर गोल्डकप फुटवल प्रतियोगीताको शुक्रबार सम्पन्न पहिलो चरणको अन्तिम खेलमा वाग्मती युवा क्लबले रोयल स्पोर्टिङ क्लब झापालाई चार शुन्य गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । शुक्रबारको खेल सकिए संगै दोस्रो उपमेयर गोल्डकपको सेमिफाईनल खेलको लागि समिकरण पुरा भएको छ । वाग्मती युवा क्लबलको लागि खेलको पहिलो हाफमा अमिता राना मगर, स्नेहा परियारले गोल गरेका थिए । खेलको दोस्रो हाफमा वाग्मतीकै लागि इसा थापामगर र सलिना तामाङले एक एक गोल गर्न सफल भएका थिए । खेलको म्यान अफ द म्याच वाग्मती फुटबल क्लबका इशा राना भईन् । प्रतियोगीतामा शनिवारबाट सेमिफाईनलका खेलहरु हुने छन् सेमिफाईनल अन्तर्गत पहिलो सेमिफाईनल खेल डिडब्लु एफ.सी धरान सुनसरी र एनबिवाईसि सप्तरी विच खेल हुने छ । दोस्रो सेमिफाईनल खेल आईतबार गाईघाट फुटवल क्लब र वाग्मती युवा क्लब सप्तरी विच हुने जिल्ला फुटवल संघ उदयपुरका सदस्य तथा प्रतियोगीताका म्याच कमिस्नार राजन राईले जानकारी दिनु भयो । प्रतियोगीताको फाईनल खेल असार १८ गते मंगलबारको दिन हुने छ प्रतियोगीताको बिजयी समुहले एक लाख १० हजार र दोस्रो हुने समुहले ५५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उदयपुर जिल्ला फुटवल संघको आयोजनामा भै रहेको प्रतियोगीता त्रियुगा नगरपालिका र जनता संग उपमेयर कार्यक्रमको प्रमुख प्रायोजनमा भै रहेको आयोजक जिल्ला फुटवल संघका अध्यक्ष रन्जन कार्कीले जानकारी दिनु भयो ।

Last updated:2024 Jun 28 Friday 14:51:29

प्रतिक्रिया
सम्बन्धित समाचार