शंकर रिखाम मगर,
उदयपुर – उदयपुरको रौतामाइ गाउँपालिकाको– ८ नम्बर वडालाई ‘बालमैत्री’ घोषणा असार १४ गते गरिने भएकोछ । बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको पहलमा सम्पुर्ण आधारभूत आवश्यकता र तोकिएका मापदण्डहरु पूरा भएपछि रौतामाइ गाउँपालिकाको कार्यपालिका बैठकले २०८१ असारको १४ गते शुक्रबारका दिन बालमैत्री वडा घोषणा गर्ने निर्णय गरेकोछ ।
वडा कार्यालय, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र जाल्पा एकीकृत विकास समाज उदयपुरले २०८० माघ महिना भित्र बालमैत्री वडा घोषणा गर्ने लक्ष्य र उद्देश्य रहेकोथियो, प्राबिधिक कारण केही समय पश्चात् घोषणाको तयारिमा पुगेको देख्दा पुर्व वडा अध्यक्ष टेकबाहदुर बलम्पाकी मगर खुशी व्यक्त गर्दै अन्य वडाहरु पनि चाडै घोषणा भएको हेर्ने वताए । बालमैत्री घोषणाका लागि ५ बिधामा तोकिएका ५१ सूचाङ्क पूरा भएसँगै औपचारिकता पनि दिनुपर्ने मगरले जानकारी दिएकाछन ।
बाल विकास, बाल सहभागिता, बाल संरक्षण, बाल बचाऊ र संस्थागत विकास गरी ५ बिधामा रहेको ५१ सूचकांक बिभाजन गरी मूल्याङ्कन गरिएको केही सुचकहरु अपुरो भएको कारण तोकिएको मितिमा घोषणा हुन नसकेको अनुगमनको क्रममा जिल्ला समन्वय समितिका दिपक पोखरेलले वताए ।
रौतामाई गाउँपालिका वडा नम्बर– ८ लाई पनि तेश्रो ‘बालमैत्री’ घोषणाका लागि तोकिएको ५१ सुचक पूरा भइसकेको वडाध्यक्ष घमानसिंह थापामगरले जानकारी दिए । वडाध्यक्ष थापामगरका अनुसार पूर्वतयारीको अवस्था बुझ्न असार ५ गते सामूहिक अनुगमन गरिएकोथियो । संघसंस्था, जिल्ला समन्वय समिति प्रतिनिधि, पत्रकार र वडा प्रतिनिधिको टोलीबाट अनुगमनपछि तोकिएका सूचांकित प्राबधान पूरा भएपछि घोषणाका लागि १४ गतेलाइ रौतामाइ गाउँपालिकाले जिल्ला समन्वय समितिलाइ सिफारिसको लागि अनुरोध गरेकोछ ।