Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

दोस्रो उपमेयर गोल्डकप सुरु उद्घाटन खेलमा धरान विजयी

  • उपहार न्यूज
  • मंगलबार, असार १२ २०८१
दोस्रो उपमेयर गोल्डकप सुरु उद्घाटन खेलमा धरान विजयी

उपहार न्यूज
उदयपुर असार ११
त्रियुगा नगरपालिका ११ थरुहट रंगशालामा मंगलबारबाट सुरु दोस्रो उपमेयर गोल्डकप महिला फुटवल प्रतियोगीता सुरु भएको छ । प्रतियोगीताको उद्घाटन खेलमा डिडब्लु एफ.सि सुनसरी ५–० गोल अन्तरले हेटौडा फुटवल एकेडेमी मकवानपुरलाई पराजित गर्दै विजयी भएको छ ।
प्रतियोगीतामा धरानको लागि जिनु राईले १ गोल गर्न सफल भईन त्यसैगरी किरण लिम्बुले १, दिपा आले मगरले २र समिक्षा मगरले १ गरी ५ शुन्य गोल अन्तरले धरान विजयी भएको जिल्ला फुटवल संघ उदयपुरले जनाएको छ ।
नकआउट विधिबाट गराईने प्रतियोगीताको दोस्रो खेल बुधबार एभरेष्ट स्पोर्टिङ क्लब सुनसरी र गाईघाट फुटवल क्लब उदयपुर विच खेल हुनेछ । प्रतियोगीताको तेस्रो खेल असार १३ गते एनविवाईसि सप्तरी र धनकुटा जिल्ला फुटवल संघ विच हुने छ, असार १४ गते अन्तिम नकआउट बागमती युवा क्लब सर्लाहि र रोयल स्पोर्टिङ क्लब झापा विच प्रतियोगीता हुने आयोजक उदयपुर जिल्ला फुटवल उदयपुरका अध्यक्ष रन्जन कार्कीले जानकारी दिनु भयो । प्रतियोगीताको फाइनल खेल असार १८ गते थरुहट रंगशाला गाईघाटमा हुने भएको छ । प्रतियोगीताको मुख्य प्रायोजक त्रियुगा नगरपालिका रहेको छ त्रियुगा नगर युवा तथा खेलकुद विकास समिति गाईघाट संगको समन्वयमा आयोजना गर्न लागिएको प्रतियोगीतामा अखिल नेपाल फुटवल संघ एन्फाको समेत विशेष सहयोग रहेको आयोजकले जनाएको छ । प्रतियोगीताको बिजयीलाई नगद एक लाख दश हजार र दोस्रो पुरस्कार ५५ हजार रुपैया रहेको आयोजकले जनाएको छ । प्रतियोगीताको उद्घाटन त्रियुगा नगरपालिका नगर उपप्रमुख महेश्वरी राईले गर्नु भएको थियो । उद्घाटनमा त्रियुगा नगरपालिकाका जनप्रतिनिधि, सुरक्षा निकाय, विभिन्न क्षेत्रका सामाजिक अभियन्ता लगायतको उपस्तिथी रहेको थियो ।

Last updated:2024 Jun 25 Tuesday 14:53:22

प्रतिक्रिया
सम्बन्धित समाचार