Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

चौदण्डीगढीको बजेट ७९ करोडको

  • उपहार न्यूज
  • सोमबार, असार ११ २०८१
चौदण्डीगढीको बजेट ७९ करोडको

उपहार न्यूज
उदयपुर असार १०
उदयपुरको चौदण्डीगढी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि ७९ करोड ६३ लाख ३६ हजारको बजेट सार्वजनिक गरेको छ । सोमबार चौदण्डीगढी नगरपालिकाले १६औं नगर सभा मार्फत आगामी आर्थिक बर्षका लागि उक्त बजेट ल्याएको हो ।
चौदण्डीगढी नगरपालिकाले संघ र प्रदेशको सशर्त तथा समपुरक तर्फको ४२ करोड ४२ लाख ८४ हजार बजेट तथा नगरपालिकाको निशर्त तर्फको ३७ करोड २० लाख ५२ हजार बजेट गरि कुल ७९ करोड ६३ लाख ३६ हजारको बजेट नगर उपप्रमुख मणिकादेवी दुलालले सार्वजनिक गर्नु भएको हो ।
चौदण्डीगढी नगरपालिकाले बाँकी भुक्तानी दायित्वमा २ करोड १७ लाख रकम बिनियोजन गरेको छ। चालु तथा प्रशासनिक कर्मचारी तलव भत्ता, कार्यालय संचालन खर्च तर्फ १५ करोड ६ लाख रकम विनियोजन गरेको छ । नगरले शाखा गत बाँडफाँड तर्फ ४ करोड २० लाख १० हजार २ सय ८२ रुपैंया, नगरको गौरवको योजनाका लागि २ करोड, अधुरा योजना पूर्णताका लागि ५५ लाख, समपुरक योजनाका लागि २ करोड ७२ लाख ६५ हजार २ सय, कृषि तथा पशु सेवाका लागि साझेदारी संस्थासँगको कार्यक्रमका लागि ७५ लाख, वडा स्तरीय चालु ८० लाख, वडा स्तरीय पुँजीगत तर्फ ४ करोड २० लाख र मर्मत सम्भार तर्फ ४० लाख रकम बिनियोजन गरेको छ ।
चौदण्डीगढी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि विपद व्यस्थापन र तारजाली खरिद तर्फ ६० लाख रकम विनियोजन गरेको छ । नगर भित्रका खोलामा तटवन्धन निर्माणका लागि ४० लाख रकम विनियोजन गरेको छ ।
चौदण्डीगढी नगरपालिकाले आगामी बर्ष बाट नगर स्तरीय गौरवका योजना सुरु गर्ने भएको छ । नगरले हरेक वडामा कालोपत्र गर्ने योजना अनुरुप दशै वडालाई २० लाखका दरले २ करोड रकम विनियोजन गरेको छ । यो योजना हरेक बर्ष गर्दै लैजाने नीति नगरले अवलम्वन गरेको हो ।
नगरले स्थानीय पाठ्यक्रम निर्माण गर्ने योजना अघि सारेको छ । आगामी आर्थिक बर्ष बाट ःद्यद्यक् छात्रवृति सुरु गरेको छ भने नगरले राजस्वलाई अनलाइन प्रामाणिमा बनाउने योजना सुरु गरेको छ । नगरले आगामी बर्ष देखी कक्षा ५ को बार्षिक परिक्षा नगरले लिने योजना अघि बढाएको छ । नगरले आगामी आर्थिक बर्ष देखी शैक्षिक सुधार योजना अनुसार उत्कृष्ट प्रधानाध्यापकका लागि पुरस्कार सुरु गर्ने भएको छ । नगरले बिभिन्न स्वास्थ्य शिविर, सुत्केरी पोषण कार्यक्रम, भुमि जग्गा ब्यबस्थित गर्ने र अधुरा योजनालाई सम्पन्न गर्ने रणनीतिक योजना सुरु गरेको छ ।
चौदण्डीगढी नगरपालिकाले आगामी आर्थिक बर्षको लागि ४ करोड ५४ लाख ८२ हजार ३ सय ७४ रुपैंयाको राजश्व संकलन गर्ने लक्ष लिएको छ । गत आर्थिक बर्ष २०८०/०८१ मा चौदण्डीगढी नगरपालिकाले ७५ करोड ७३ लाख ६६ हजार ६ सय ५० रुपैयाको बजेट प्रस्तुत गरेको थियो।
चौदण्डीगढी नगरपालिकाले आगामी बर्ष ०८१/०८२ का लागि सार्वजनिक गरेको नीति तथा बजेट माथि बृहत छलफल पश्चात उक्त नीति तथा बजेट सर्वसहमतले पारित गरेको थियो । १६औं नगर सभा मार्फत नगरका ९ जना उत्कृष्ट कर्मचारीलाई नगरले पुरस्कृत समेत गरेको थियो ।

Last updated:2024 Jun 24 Monday 16:34:02

प्रतिक्रिया
सम्बन्धित समाचार