Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रियुगाको बजेट २ अर्ब १५ करोड ७१ लाख ५७ हजार

  • उपहार न्यूज
  • सोमबार, असार ११ २०८१
त्रियुगाको बजेट २ अर्ब १५ करोड ७१ लाख ५७ हजार

उपहार न्यूज
उदयपुर असार ११
त्रियुगा नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को लागि कुल २ अर्ब १५ करोड ७१ लाख ५७ हजार रुपैयाको अनुमानित बजेट सार्वजनिक गरेको छ । सोमबार १३ औ नगर सभा मार्फत नगरपालिकाले आगामी आर्थिक बर्षका लागि प्रस्तावित बजेट सार्वजनिक गरेको हो ।
त्रियुगा नगरपालिका नगर प्रमुख बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले प्रस्तुत गर्नु भएको निति, कार्यक्रम तथा बजेट अनुसार संघिय सरकारको वित्तीय समानीकरण अनुदान तर्फ २० करोड ७० लाख, सशर्त अनुदान चालु तर्फ ७९ करोड ३५ लाख ९ हजार र पुँजिगत तर्फ ६८ करोड ३६ लाख २ हजार, समपुरक अनुदान तर्फ १ करोड र विशेष अनुदान ३ करोड गरी १ अर्ब ७१ करोड ७७ लाख २१ हजार प्राप्त गर्ने अनुमान राखिएको छ । त्यसैगरी प्रदेस सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानमा रु १ करोड ३४ लाख ९८ हजार सशर्त अनुदानमा ३ करोड २९ लाख ६ हजार र समपुर अनुदान १ करोड ३० लाख गरी जम्मा ५ करोड ९४ लाख ४ हजार प्राप्त हुने अनुमान गरिएको छ । नगद मौज्दात, आन्तरिक राजश्व, राजश्व वाँडफाड, संघिय र प्रदेश सरकारबाट प्राप्त हुन् सबै अनुदानहरु गरी जम्मा २ अर्ब १५ करोड ७१ लाख ५७ हजार आय प्राप्त हुने लक्ष्य राखिएको सभामा प्रस्तुत गरिएको थियो ।
नगरपालिकाले आगामी आर्थिक बर्षको लागि बजेट तथा कार्यक्रम उपलब्ध स्रोत, सूचना र मानव संसाधनको उच्चतम परिचालन गर्दै विकासको गतिलाई तिबैता दिईने बिषयहरु, सामाजिक, आर्थिक, भौतिक पूर्वाधार विकास मार्फत समुन्नत र समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा नगरको आर्थिक गतिविधिहरु मार्फत योगदान गर्ने बिषयहरु, लैङगीक समानता र सामाजिक समावेशीकरणलाई टेवा पुग्ने कार्यक्रम संचालन गर्ने बिषयहरु, भाषिक तथा साँस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिबृद्धिमा सघाउ पु¥याउने बिषयहरुलाई बजेटले प्राथमिक्तामा राखिएको उल्लेख गरिएको छ ।

Last updated:2024 Jun 24 Monday 13:52:11

प्रतिक्रिया
सम्बन्धित समाचार