उपहार न्यूज
उदयपुर असार ८
जिल्ला अस्पताल उदयपुर कोशी प्रदेशभरीका ५० शैया भएका अस्पतालहरुमा प्रथम स्थान हासिल गर्न सफल भएको छ । अस्पतालले दिने न्यूनतम सेवा मापदण्डका आधारमा गरिने मूल्यांकनको आधारमा जिल्ला अस्पताल उदयपुर कोशी प्रदेश भरीमा उत्कृष्ट प्रथम हुन सफल भएको जिल्ला अस्पताल उदयपुरका मेडिकल सुपरिडेण्ट डा. ज्ञानेन्द्र झाले जानकारी दिनु भयो । अस्पतालले दिने विभिन्न सेवाको आधारमा गरिने मुल्यांकनमा यस अघि पनि उदयपुर अस्पताल उत्कृष्ट हुदै आएको थियो । जिल्ला अस्पतालले न्यूनतम सेवा मापदण्डको सूचकमा ८६ अंक सहित ग्रीन जोनमा प्रवेश संगै प्रथम स्थान हासिल गर्न सफल भएको जिल्ला अस्पताल उदयपुरका लेखा प्रमुख महेश वाग्लेले जानकारी दिनु भयो ।
जिल्ला अस्पतालमा हाल दैनिक इमरजेन्सी, ओपिडिमा दैनिक हजारौ सेवाग्राहि आउने गरेका छन् । अस्पतालमा विशेषज्ञ सहितका चिकित्सकहरुले सुविधा सम्पन्न सेवा दिन थाले पछि उदयपुर संगै छिमेकी जिल्लाका नागरिकहरुलाई समेत राहत पुगेको छ ।