Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उज्यालो लिम्चुङबुङ र पालिका भवन एकसाथ

  • उपहार न्यूज
  • बिहिबार, असार ७ २०८१
उज्यालो लिम्चुङबुङ र पालिका भवन एकसाथ

विश्वराज तामाङ
उदयपुर असार ५
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको प्रमुख प्रशासकीय भवन र उज्यालो लिम्चुङबुङ बुधबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातवरण मन्त्री नारायण बुर्जा मगरले एक साथ गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन र उज्यालो लिम्चुङबुङ घोषणा गर्नु भएको हो ।
स्थानिय सरकार संचालनमा आएको ७ बर्ष पछि निर्माण सम्पन्न भएको लिम्चुङबुङ गाउँपालिकाले अब आफ्नै प्रशासकीय भवनबाट नियमीत सेवा दिन सुरु समेत गरेको छ ।
२०७८ सालबाट निर्माण सुरु गरिएको प्रशासकीय भवन निर्माणको जिम्मा एएम पिउन्स जेभि ललितपुरले ४ करोड ६१ लाख ८० हजार एक सय ६६ रुपैया २७ पैसामा निर्माणको जिम्मा लिएको थियो । कुल ७ करोड ७८ लाख ७० हजार एक सय ८३ रुपैया ९६ पैसा लागत अनुमान गरिएको उक्त भवन ४०.७० प्रतिशत कम मुल्यमा एएम पिउन्स जेभिले निर्माणको जिम्मा पाएको समय अवधिमै भवन निर्माण संगै हस्ताणतरन गरेको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङले जानकारी दिनु भयो ।
यता गाउँपालिकालाई राष्ट्रिय प्रशारण लाईन संग जोडदै पालिकाको सबै घरधुरीमा विद्युत विस्तार गरे संगै गाउँपालिकालाई उज्यालो लिम्चुङबुङ घोषणा समेत गरेको छ ।


भवन उद्घाटन गर्दै मन्त्री बुर्जा मगरले गाउँपालिकाको सुविधा सम्पन्न नयाँ प्रशासकिय भवनबाट जनता लाभान्वित हुने बताए । जनताले सरल रुपमा छिटो, छरितो सुविधा पाउने विश्वास लिएको छु ‘मन्त्री बुर्जा मगरले भने’ जनताको समस्या समाधान गर्न सहयोग आफुले पनि अन्य सहयोगहरु गर्नेछु । उनले पहिले पनि सेवा प्रभावकारी नै रहेको जनाउँदै अव थप सहज र प्रभावकारी सेवा पालिकाले दिने मगरले जनाए । संघिय सरकारको आर्थिक मन्दीका कारण प्रदेश सरकारले गाउँपालिकाको जनताको सडकको माग तत्कालै समाधान हुन नसक्ने बताउनुभयो । बजेट अभावको कारण सडक पक्कि गर्न समस्या देखिएको मन्त्री बुर्जा मगरले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष मेजर कुमार राईले लिम्चुङबुङ्गका जनताले इतिहास रचेको बताउनु भयो आफुहरु निर्वाचित भएर आउदा अन्धार रहेको लिम्चुङबुङलाई अहोरात्र खटेर उज्यालो बनाउन सफल भएकोमा खुसी व्यक्त गर्नु भयो ।
लिम्चुङबुङ गाउँपालिकाको सम्पत्ती प्रकृति र संस्कृति भएकाले यसलाई पर्यटन संग जोड्दै पालिकालाई समृद्ध बनाउन आफुहरु लागि परेको उहाँले बताउनु भयो । लिम्चुङबुङ गाउँपालिकाले महाअभियान मार्फत सरकारलाई पर्यटन पक्की सडकको लागि निरन्तर जनदवाव सृजना गर्ने काम गरीरहेको अध्यक्ष राईले बताउनु भयो ।


कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पुष्पलाल राईले पालिकालाई यो स्थान सम्म ल्याउनको लागि नेतृत्व गर्नु हुने वर्तमान अध्यक्ष मेजरकुमार राई र यस अघिको गाउँपालिकाका जनप्रतिनिधिहरुको प्रयास सार्थक भएको बताउनु भयो । कार्यक्रममा बोल्दै गाउँपालिकाका पर्यटन सल्लाहकार रामसुन्दर बकेले लिम्चुङबुङ गाउँपालिका प्राकृतिक दृष्टिकोणले पर्यटन भित्र्याउन सकिने क्षेत्र भएको बताउनु भयो । पर्यटनको माध्यमबाट लिम्चुङबुङलाई समृद्ध बनाउन सकन्छि त्यसको लागि स्थानिय नागरिकहरु आफै जागरुक हुनु पर्ने र त्यसमा स्थानिय सरकारको सहयो अपरिहार्य रहेको बताउनु भयो ।
कार्यक्रममा लिम्चुङबुङ गाउँपालिकाका प्रथम महिला तथा अधिवक्ता गोपिचन्द्र राई, पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, राजनैतिक दलका प्रतिनिधि, पूर्व जनप्रतिनिधिहरुले शुभकामना मनतव्य राख्नु भएको थियो । कार्यक्रममा गाउँपालिका भवन निर्माणको लागि जग्गादान गर्ने जग्गादाताहरु, पत्रकारिताको क्षेत्रबाट योग्दान पु¥याउने पत्रकार, कर्मचारी, उत्कृष्ट कृषक तथा उद्यमी, विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । गाँउपालिका अध्यक्ष मेजरकुमार राईको अध्यक्षतामा आयोजित कार्यक्रम लेखा अधिकृत ताराकिरण राईले कार्यक्रम संचालन गर्नु भएको थियो ।

Last updated:2024 Jun 20 Thursday 14:49:52

प्रतिक्रिया
सम्बन्धित समाचार