शंकर रिखाम मगर-
उदयपुर, जेठ ३२ । उदयपुरको रौतामाइ गाउँपालिका वडा नम्वर- ८ मा वडाहरुकै पहिलो वडा परिषद सम्पन्न भएको छ । वडाध्यक्ष घमानसिंह थापाको अध्यक्षतामा संचालन भएको वडा परिषदमा पालिकावाट आर्थिक वर्ष २०८१/०८२ का लागि पालिकाबाट ८ वटै वडामा पठाइएको बजेट सिलिङमा ३ करोड ३ हजार रुपैयाँबाट वडा नम्वर, ८ लाई ३७ लाख ७३ हजार रुपैयाँमात्र खर्चको लागि बजेट रहेको वडा अध्यक्ष थापाले प्रस्तुत गरेका थिए ।
परिषदमा बालअधिकार समितिका प्रतिनिधि, १५ वटा टोल विकास संस्था, ६ विद्यालय, स्वास्थ्य शाखा, बाल संजाल, बालक्लव, युबा क्लव, महिला संजाल, स्वास्थ्य स्वयम् सेविका, जेष्ठ नागरिक, अपाङ्गता भएका, स्थानीय संघसंस्था र राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागी रहेको थियो । परिषद सन्चालनको क्रममा बालबालिकाका लागि अनिवार्य बजेट विनियोज गरिनु पर्ने र बालबालिका भबिष्यका कणर्धार भएकाले उनीहरुका लागि स्थानीय सरकारले विशेष लगानी गर्नुपर्ने पुर्वाध्यक्ष टेकबहादुर बलम्पाकी मगरले बताए ।
शिक्षा तर्फ ५ लाख, समावेशि तर्फ ४ लाख, आधारभूत स्वास्थ्य तर्फ १ लाख, कृषि तथा पशु तर्फ १ लाख, भौतिक पुर्वाधार तर्फ १५ लाख, सोलार प्यानल खरिद १ लाख, खरको छनो विस्तापित तर्फ २ लाख, सहभागिता रकम २ लाख ७३ हजार र अन्य विविधमा ६ लाख गरी ३७ लाख ७३ रुपैयाँ परिषदवाट विभिन्न शीर्षक अन्तर्गत छुट्याइएको रौतामाइ- ८ का वडा सचिव सन्तोषकुमार बस्नेतले जानकारी दिए ।