Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्नेको लहर सुरु (विज्ञप्ती सहित)

  • उपहार न्यूज
  • शनिबार, जेष्ठ २६ २०८१
उदयपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्नेको लहर सुरु (विज्ञप्ती सहित)

उपहार न्यूज
उदयपुर जेठ २६
वैकल्पिक राजनैतिक शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएकाहरुले सदस्यता परित्याग गर्न सुरु गरेका छन् । सो पार्टीले आफ्नो संगठन विस्तारको लागि अनलाईन मार्फत सदस्यता फारम भराएर सदस्यता विस्तारको अभियान सुरु गरेको थियो ।
उदयपुरमा पनि ठूलो संख्यामा विभिन्न पार्टी तथा स्वतन्त्र व्यक्तिहरुले पार्टीको सदस्यता लिएका थिए तर पार्टीले लिएको निति अनुसार पार्टी संचालन नभएको भन्दै उदयपुरमा शनिवार आधा दर्जन बढिले रास्वपा परित्याग गरेका छन् ।
रास्वपाको सदस्यता लिएका चौदण्डिगढी नगरपालिका उदयपुरका स्थानिय आधा दर्जन बढिले रास्वपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेको विज्ञप्ती जारी गर्दै घोषणा गरेका छन् । उदयपुरको चौदण्डिगढी नगरपालिका वडा नम्बर ६ का स्थानिय हिरण कुमार बस्नेत, भक्त बहादुर कार्की टेक बहादुर थापा, पूर्ण बहादुर बस्नेत, रामकुमारी खत्री, टेककुमारी बस्नेत र भिमबहादुर थापाले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा समाहित भएको घोषणा गरेका छन् ।
उनीहरु यस अघि पनि नेपाली कांग्रेसमा आबद्ध रहेका थिए रास्वपाको सदस्यता लिने लहरको लहैलहैमा लागी अनलाईन सदस्यता लिएको भए पनि पार्टीभित्रको केन्द्रीय निति विपरित स्थानिय स्तरमा राम्रालाई भन्दा हाम्रालाई र पारिवारिक स्वार्थ देखिएकाले आफुहरुले पार्टी परित्याग गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

Last updated:2024 Jun 08 Saturday 12:03:49

प्रतिक्रिया
सम्बन्धित समाचार