Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

शासकहरुले जवरजस्ती प्रदेशको नाम कोशी राखे : संयोजक महतो

  • उपहार न्यूज
  • आइतबार, जेष्ठ २० २०८१
शासकहरुले जवरजस्ती प्रदेशको नाम कोशी राखे : संयोजक महतो

विराटनगर : राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले शासकहरुले जबर्जस्ति प्रदेश १ को नाम कोशी राखेको बताएका छन । पूर्वी कमाण्ड विषेश ब्युरोले धरानमा आयोजना गरेको सम्बादात्मक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

मधेशले ब्लयाक आउट गरेको संविधानका ठेकेदारहरूले कोशी नाम विरुद्ध संघर्ष गर्ने पदम लिम्बु लाजेहाङ्गको निर्मम हत्या गरेकोले पनि राष्ट्रिय मुक्ति क्रान्तिको लागि वीर शहिदले देखाएको सपनालाई चुनावी अंक गणित मार्फत धुमिल पार्न खोजिदै गरेको प्रती आगाडि बढ्न आबश्यक रहेको उनको भनाई थियो । वहुलराष्ट्रिय राज्य स्थापनाले मात्रै लिम्बु, खम्बु, कोच मधेसी लगायत सम्पूर्ण राज्यविहिन राष्ट्रका जनताहरू राजत्व प्राप्त गर्न सक्ने भएको हुदा सो प्राप्त गर्न राष्ट्रिय मुक्ति क्रान्तिको महान अभियानमा रहेको उनले उल्लेख गरे ।

जनताको भावना र चाहनालाई कुल्विएर गोखाली शासकहरूले यो प्रदेशको जबरजस्ती कोशी नाम राखेको र प्रतिकुल हुनेगरी पहिले नै सिमाङ्कन गरि सकेको बताए । उनले पञ्चायतमा कोशी अञ्चलकै निरन्तरतामा आएको एकल गोत्रिय र नश्लिय नाम तथा सिमित राज्यधारीहरुको लाभलाई केन्द्रित गरेर आएको सिमाङ्गनले यहाँको जनताको लामो समय देखी गर्दै आएको संघर्ष तथा बलिदानीलाई उपहास गरिरहेको समेत बताए । यता, राष्ट्रिय मुक्ति क्रान्तिका नेता बुद्धछिरिङ मोक्तानले उपनिवेश विरुद्धको यस लडाइमा हजारौं मुक्तिगामी योद्धाहरूको राज्यप्रायोजित निर्मम हत्या भएको उल्लेख गरे ।

राष्ट्रिय मुक्ति क्रान्ति पूर्वी कमान्ड विशेष ब्युरो प्रमुख श्याम सेरेङ्ग लिन्बुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्ति पूर्वी कमान्ड ईन्चार्ज रमेश योङहाङ र योङ इन्डिजिनिस्ट लिगका संयोजक सनम लिम्बू लगायतका नेता तथा सयौ कार्यकर्तागरुको उपस्थिति रहेको थियो । पार्टीको आगामी कार्यक्रम यहि जेष्ठ २६ गते बिराटनगरमा आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार