Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरको साकेला टोलमा साङलोले बाँधीएका युवकको उद्धार

  • उपहार न्यूज
  • आइतबार, बैशाख २३ २०८१
उदयपुरको साकेला टोलमा साङलोले बाँधीएका युवकको उद्धार
उदयपुर, वैशाख २४ ।
उदयपुरमा फलामको साङ्लोले बाँधीएको अवस्थामा एक युवकलाई उद्धार गरिएको छ । जिल्लाको त्रियुगा नगरपालिका ११ साकेलाटोलका ३१ वर्षीय युवराज राईलाई मानव आश्रम सेवा जनकुपुरले उद्धार गरेको हो ।
एमाले उदयपुरका अध्यक्ष तथा समाजसेवी भागवत राउतको पहलमा लामो समयदेखि मानसिक स्वास्थ्य रोगी युवराजलाई घरैबाट उपचारका लागि आश्रम लगिएको हो । उद्धार कार्यमा संलग्न आश्रमका प्रतिनिधि बिवेक महतोका अनुसार दुई वर्षअघि पनि राईलाई उद्धार गरिएको थियो । करिब एक वर्षबढी आश्रममा राखेर उपचार गरेपछि स्वस्थ्य अवस्था ठीक भएर फर्किएका उनको हेरचाह नपुग्दा पुरानै अवस्थामा पुगेका हुन् ।
सकुशल भएर घर फर्किएको चार महिना नबित्दै फेरि मानसिक अवस्था सन्तुलन नभएपछि दोस्रो पटक आश्रमको जनकुपुर शाखा लगिएको हो । आश्रमका प्रतिनिधि महतोका अनुसार युवराजलाई जस्तै लक्षण भएका बिरामीको पूर्ण उपचार सफल हुन तीन महिनादेखि वर्षदिनसम्म लाग्न सक्ने देखिएकोछ । आश्रमबाट घर आउदा स्वस्थ्य रहेका उनमा केही महिनापछि आक्रामक रुपमा पुरानै व्यवहार देखिन थालेपछि उनलाई फेरि पहिला जस्तै फलामको साङ्लाले बाँधेर राखिएको थियो ।
राईलाई उद्धारको क्रममा त्रियुगाका मेयर वसन्त बस्नेत, उपमेयर महेश्वरी राई र एमाले उदयपुरका अध्ययक्ष भागवत राउत, रास्वपा उदयपुर सभापति चित्रकुमार कार्की र पत्रकारहरुको उपस्थिती रहेको थियो । युवराज लाई आश्रमसम्म पु¥याउन त्रियुगा नगरपालिकाले साधन व्यवस्था गरेको छ ।
मानव आश्रमबाट उपचार गरी फेरि सामान्य अवस्थामै फर्कीएपछि राईलाई त्रियुगा नगरपालिकाले उनका लागि रोजजारको व्यवस्था गर्ने जनाएको छ । आश्रमबाट फर्किएपछि खाली समय मानसिक तनाव भएर पनि रोग दोहोरिएको अड्कलसहित अब निको भएर फर्किएपछि भने व्यस्त बनाउनकै लागि भए पनि रोजगार दिने नगर स्रोतको भनाई छ ।
रेखदेख र नियमित औषाधी गरे अवस्था सामान्य हुन सक्ने आश्रमको भनाई छ । मेयर वस्नेतले उदयपुरमा रहेको वेवारिसे व्यक्तिहरुलाई नगरपालिकाले धमाधम उद्धार गरिरहेको जनाए । उनी बाहेक अन्यको पनि उद्धार गर्ने बताए । उपमेयर महेश्वरी राईले आश्रमको कदमलाई सराहनीय भन्दै धन्यबाद दिएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार