Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

मन्त्री खत्रीको पहलपछि उदयपुरसहित कोशी प्रदेशको सबै जिल्लामा भेटेनरी अस्पताल

  • उपहार न्यूज
  • शनिबार, बैशाख २२ २०८१
मन्त्री खत्रीको पहलपछि उदयपुरसहित कोशी प्रदेशको सबै जिल्लामा भेटेनरी अस्पताल

उदयपुर, वैशाख २१ ।
कोशी प्रदेशभित्र पशु स्वास्थ्य सेवा प्रभावकारी बनाउन सबै जिल्लामा भेटेनरी अस्पताल बिस्तार गरिने भएको छ । बिहीबार सम्पन्न कोशी सरकार मन्त्रीपरिषद बैठकले कोशी प्रदेशका थप ६ जिल्लामा पनि भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । इलाम, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र सोलुखुम्बुमा यसअघि नै भेटेरिनरी अस्पताल संचालनरत छ ।

उद्योग कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीको पहलमा केदार कार्की नेतृत्वको प्रदेश सरकारले पशुपालन ब्यवसायलाई निर्बाहमुखीबाट ब्यवसायीकीकरण गरी दूध, फूल, मासु, भेंडाको ऊनलगायतका पशुजन्य पदार्थको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन र निर्यात गर्न प्रदेश सरकारले ध्यान केन्द्रित गरेको छ । पशु चौपायामा देखिने खोरेत, पिपिआर, स्वाइन फिवर, रानिखेत, एचएसबिककयू लगायतका रोगबाट मुक्त कोशी प्रदेश बनाउने महत्वकांक्षी योजनामा रहेकोे उद्योग कृषि तथा सहकारी मन्त्रालयले स्थानीय सरकारसँग हातेमालो गर्ने बताइएको छ ।

त्यस्तै संघीय सरकार समेतको सहकार्यमा कोशी प्रदेशमा गाई, भैंसी, भेंडा, बाख्रा, बंगुर, कुखुरा, याक, नाक, चौरीलगायतका पशु पञ्छीहरुको उत्पादन र उत्पादकत्व बढाउने, स्वरोजगार बढाउने, आयात प्रतिस्थापन गर्ने, निर्यात बढाउन पशु सेवा, पशु स्वास्थ्य, नश्ल सुधार, घाँस उत्पादन क्षेत्रमा कृषकलाई सेवा टेवा पुर्याउने बताइएको छ । स्थानीय तहसँगको समन्वय कसिलो बनाउन, अनुसन्धानबाट प्राप्त नयाँ प्रविधि किसानको गोठमा पु¥याउन, किसानका समस्या अनुसन्धान केन्द्र र सरकार सम्म पु¥याउने माध्यम सहजीकरण गर्न कोशी प्रदेशका १४ जिल्लामै कार्यालय स्थापना गरिने भएको हो ।

प्रदेश स्थापनाको करीब ६ वर्ष अवधिभर अस्तव्यस्त अवस्थामा रहेको भेटेरिनरी सेवा कार्की नेतृत्वको सरकारमा मन्त्री खत्रीको आगमनसँगै योजना कार्यन्वयनले पूर्णता पाएको हो । भेटेनरी अस्पतालपछि अब स्थानीय सर्वसाधरण किसानलाई सहज हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार