Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा ९४ जना शिक्षकका लागि विज्ञापन खुल्ला

  • उपहार न्यूज
  • शनिबार, बैशाख १५ २०८१
उदयपुरमा ९४ जना शिक्षकका लागि विज्ञापन खुल्ला

देवराज राई-
उदयपुर, वैशाख १५ ।

बिभिन्न ठाउँमा शिक्षक अभाव झेलीरहेको उदयपुरमा प्राथमिक तह तृतीय श्रेणीका लागि ९४ जना शिक्षकको विज्ञापन खुल्ला गरिएको छ । शिक्षक सेवा आयोगले शनिबार सूचना सार्वजनिक गर्दै खुल्लातर्फ ५२ जनासहित शिक्षक माग भएको हो ।

जारी सूचना अनुसार खुल्लापछि सबैभन्दा बढी महिलातर्फ १३ जना शिक्षक माग गरिएको छ । त्यस्तै आदिवासी जनजाति आरक्षणतर्फ ११ जना, दलिततर्फ ४, अपाङ्गता भएकाहरुलाई पनि २ जना आरक्षित गरिएको छ भने पिछडीएका क्षेत्रका लागि २ जनाको संख्या तोकिएको छ ।

यसैगरी आयोगद्धारा सार्वजनिक सूचनामा दलित महिलातर्फ १ जना तोकिएको छ । तराई मधेसमा बसोबास गर्ने मधेसी, आदिवासी जनजाति, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान समुदायतर्फ ९ जनाको संख्या विज्ञापन खुलेको हो । कुल १०७७ जना शिक्षकको विज्ञापन खुलेको काशी प्रदेशमा सबैभन्दा बढी खोटाङमा १६८ जनाको संख्या तोकिएको छ भने सबैभन्दा कम धनकुटा जिल्लाका लागि ६ जना मात्र संख्या माग भएको छ ।

आयोगले सो श्रेणीका लागि देशभरका लागि चार हजार ४६२ शिक्षकको लागि विज्ञापन खुल्ला गरेको हो । शनिबार विभिन्न समूहमा सातै प्रदेशका लागि खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र तराई-मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाति, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान समुदायका लागि विज्ञापन सार्वजनिक भएको हो ।

जसअनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ११०३ उल्लेख गरिएको छ । कोशीमा १०७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५, सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आवेदन खुलेको हो । योग्य इच्छुक व्यक्तिले अनलाईन प्रणालीमार्फत यो लिंक https://online.tsc.gov.np क्लीक गरेर जेठ १३ गतेसम्म फारम भर्न सक्नेछन् । विशेष कारण समयमै आवेदन दिन नसक्नेहरुले भने जेठ २० गतेसम्म पनि दोब्बर दस्तुरमा फारम भर्न पाउने आयोगले जनाएको छ ।

Last updated:2024 Apr 27 Saturday 13:15:32

प्रतिक्रिया
सम्बन्धित समाचार