Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

खोटाङका दिपक उदयपुरबाट दुई महिनादेखि बेपत्ता, जनकपुरमा मोवाईल ‘स्वीचअफ’

  • उपहार न्यूज
  • शनिबार, बैशाख १ २०८१
खोटाङका दिपक उदयपुरबाट दुई महिनादेखि बेपत्ता, जनकपुरमा मोवाईल ‘स्वीचअफ’

उदयपुर, वैशाख १ ।
छिमेकी जिल्ला खोटाङ स्थायी घर भएका दिपक खड्का दुई महिना अघिदेखि उदयपुरबाट बेपत्ता भएका छन् । मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि गाईघाट ल्याइएका दिपक २०८० माघ १८ गतेदेखि सम्पर्कबिहीन भएका हुन् ।

बेपत्ता हुने दिपकका दाई बिक्रम खड्काका अनुसार भाईको मानसिक सन्तुलनमा समस्या आएपछि उपचारका लागि गाईघाट ल्याइएको थियो । नियमित उपचारका लागि गाईघाट नजिकै भुसुने टोलमा बहिनी रमिलासँगै बस्दै आएका थिए । भुसुनेस्थित कोठामा रहेका दिपक एक्कासी सम्पर्कबिहीन भएका हुन् ।

खोटाङको साकेला गाउँपालिका वडा नम्बर– ३ घर भएका २९ वर्षीय दिपकले साथमा बोकेको फोन माघ १९ गतेसम्म उठेको थियो । सम्पर्कबिहीन भएको अर्कोदिन दिपकले बोकेको फोन एक अपरिचित व्यक्तिले उठाएका थिए । ति व्यक्तिले सो फोन खाजा खान आउने ग्राहकहरुले छोडेर गएको बताए लगतै ‘स्वीच अफ’ भएदेखि अहिलेसम्म पनि नखुलेको दाई विक्रमले जानकारी दिए ।

बिक्रमका अनुसार प्रहरीसँग समन्वय गरेर बेपत्ता दिपकले बोकेको फोन लोकेशन हेर्दा अन्तिम समय जनकपुर देखिएको थियो । करिब तीन वर्षयता मानसिक स्वास्थ्यको समस्यामा रहेका उनी उपचारकै क्रममा थिए । उनको खोजी कार्यका लागि प्रहरीमा पनि परिवारले निबेदन दिएका छन् ।

सम्पर्कबिहीन भएका दिपकले कालो ज्याकेट, कोठे सर्ट, रातो क्याप र कालो चप्पल, आर्मि कलरको ट्राउजर लगाएका छन् । यसअघि पनि मानसिक स्वास्थ्यमै समस्या देखिएपछि उपचार गरी निको भएका उनी पछिल्लो तीन वर्षयता फेरि जटिलता दोहोरिएपछि गाईघाट ल्याइएको थियो । दिपकलाई देख्ने वा फेला पार्ने व्यक्तिले परिवारका सदस्यहरुको मोवाईल नम्बर ९८४१३४९३७७ र ९८६४२८९०१६ मा सम्पर्क गर्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार