Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

नेपाल शेर्पा संघ उदयपुरको नेतृत्वमा ल्हदोर्ची

  • उपहार न्यूज
  • शनिबार, चैत्र १० २०८०
नेपाल शेर्पा संघ उदयपुरको नेतृत्वमा ल्हदोर्ची

उदयपुर, चैत १० । शेर्पा समुदायको छाता संगठन नेपाल शेर्पा संघ उदयपुर जिल्ला शाखाको नेतृत्वमा ल्हदोर्ची शेर्पा चयन भएका छन् । शनिबार सम्पन्न छैटौँ जिल्ला अधिवेशनले ल्हदोर्चीलाई सर्वसम्मत नेतृत्वका लागि स्थान दिएको हो । समिति उपाध्यक्षमा तेन्जी शेर्पा, सचिव आङ पासाङ शेर्पा र त्यामलनु शेर्पालाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी कल्पना शेर्पा सहसचिव चयन भएकी छन् । समितिको सदस्यहरु जङनु शेर्पा, फुरे शेर्पा र पेम्छीरी शेर्पा चयन भएका छन् । पवननुरी शेर्पा संयोजक रहेको ४ सदस्यीय निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयन गरी सपथग्रहण समेत गराएको थियो । जिल्लामा पछिल्लो समय बिभिन्न जातिहरु आफ्नो हकअधिकारका लागि संगठित हुन थालेका छन् ।

Last updated:2024 Mar 23 Saturday 16:13:57

प्रतिक्रिया
सम्बन्धित समाचार