अभिमन्यू लामीछाने-
उदयपुर, चैत ९ ।
रोटरी क्लब अफ धुलिखेल र अस्ट्रेलिया रोटरी क्लबको आयोजनामा शुक्रबार निशुल्क आँखा शिविर सम्पन भएको छ । कटारी नगरपालिका वडा–७ जनप्रेमी मावि रिस्कुमा भएको शिविरमा ६ सय ६४ जनाले आँखा परिक्षण गराएका थिए । सो मध्ये ४६ जनामा मोतियाबिन्दु फेला परेको ३ सय ५७ जनालाई चश्मा बितरण गरिएको कटारी नगरपालिका ७ का वडा अध्यक्ष सुबिन ढुंगानाले बताए ।
शिविरमा मोतियाबिन्दु फेला परेकालाई चैत महिना भित्रमा रोटरी अस्पताल ढल्केबरमा निशुल्क शल्यक्रिया गरिने कटारी नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले जानकारी दिए । शिविरको व्यबस्थापन कटारी नगरपालिकाले गरेको उप प्रमुख गीता खड्काले जानकारी दिनु भयो। शिविरको सहजीकरण भने कटारी नगरपालिका वडा नं ६, ७ र चेम्बर अफ कमर्स कटारीले गरेको हो ।

