Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरको पहिचान बढाउन भूमिका निर्वाह गर्ने पाँच जना सम्मानित

  • उपहार न्यूज
  • शनिबार, फाल्गुन २६ २०८०
उदयपुरको पहिचान बढाउन भूमिका निर्वाह गर्ने पाँच जना सम्मानित

उदयपुर, फागुन २६ ।
बिभिन्न बिधा र माध्यमबाट जिल्लाको गरिमा उच्च बनाउन योगदान पुर्‍याएको भन्दै उदयपुरका पाँच जना सम्मानित भएका छन् । त्रियुगा नगरपालिका वडा नम्बर १३ स्थित बहेडुँवा सामुदायिक होमस्टेले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

स्थानीय परिकार र संस्कृतिलाई जगेणर्ा गर्ने उद्धेश्यले बहेडुँवाको थारु समुदायले होमस्टे संचालन गर्दै आएका छन् । जहाँ थारु समुदायको परम्परागत पहिचानकै रुपमा मानिने बयलगाढाँ सफारी औपचारिक रुपमा उद्घाटन गरिएको थियो । सोही कार्यक्रममा प्रमुख अतिथीको रुपमा आएका कोशी प्रदेश कृषि, उद्योग तथा सहकारी मन्त्री रामकुमार खत्रीले उनीहरुलाई सम्मान गरेका थिए ।

सम्मान कार्यक्रम आयोजना गर्ने होमस्टेका अनुसार बयलगडी सफारी शुभारम्भको अवसरमा खेलकुद, सामाजिक, सांस्कृतिक, कलकारीता, नेतृत्व विकास र पर्यटनजस्ता क्षेत्रमा महत्वपूणर् योगदान गर्ने युवाहरुलाई सम्मान गरिएको हो । जसमा मिस थारु नेपाल २०२१ की बिजेता लिभा थारु सम्मानित भएकी छन् । उनले व्यूटी प्याजेन्ट अर्थात सौन्दर्य र बौद्धिकता प्रतियोगितामार्फत जिल्लालाई देशभर चिनाएको बताइएको छ । त्यस्तै नरेश-सूर्या क्लासिक नेपाल २०२३ का फिजिक्स गोल्ड मेडलिस्ट बडिबिल्डर समूह उपबिजेता दिलिपकुमार चौधरी पनि सम्मानित भएका छन् । उनले शारीरिक सुगठनको प्रतियोगीताहरुमा बिभिन्न ठाउँ पुगेर जिल्लाको लागि पदकहरु हाँसिल गरेर गरिमा बढाएको उल्लेख छ ।

त्यसैगरी पर्यटन खेलकुद व्यवसायी जितेन्द्र रोईलालाई पनि सम्मान गरिएको छ । उनले पछिल्लो समय जिल्लामा साईक्लीङ र प्याराग्लाईडिङ व्यवसायिक रुपमा अगाडि बढाउन महत्वपूणर् योगदान दिदै आएका छन् । नेशनल जुनियर च्याम्पियन साईकलिङ निमा शेर्पा पनि सम्मानित भएका छन् ।

त्यस्तै लोकप्रिय नेपाली कथानक चलचित्र होस्टल रिटर्नका मुख्य खलपात्र प्रदिपकुमार चौधरी पनि सम्मानि भएका छन् । मन्डला थ्रियटरबाट उदाएका प्रदिप अभिनयगत रुपमा उनी पेके डनका नामले परिचित छन् । मुख्य र सहायक गरी दर्जनौ चलचित्रमा काम गरिसकेका प्रदिप नाटक र बिभिन्न म्यूजीक भिडियोहरु समेत निर्देशन गर्दै आएका छन् । सम्मानित हुने पाँच जनालाई प्रमुख अतिथि प्रदेश मन्त्री खत्री र कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारलगायतले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको होमस्टेका प्राबिधिक सल्लाहकार उत्तिमलाल चौधरीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार