Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

ताप्लीमा आयोजित भलिवल दमक र भोजपुर विजयी

  • उपहार न्यूज
  • सोमबार, फाल्गुन २१ २०८०
ताप्लीमा आयोजित भलिवल दमक र भोजपुर विजयी

ठविन्द्र मगर
ताप्ली फागुन २१
उदयपुरको ताप्ली गाउँपालिकामा आयोजित भलिवल प्रतियोगीताको उपाधि दमक नगरपालिका झापाले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा आमचोक गाउँपालिका भोजपुरलाई पराजित गर्दै दमकले पुरुष तर्फको उपाधि चुमेको हो ।
यता महिला तर्फको प्रतियोगीतामा आमचोक गाउँपालिका भोजपुर विजयी भएको छ । भोजपुरले लिम्चुङबुङ गाउँपालिका उदयपुरलाई फाइनल खेलमा पराजित गर्दै उपाधि चुमेको हो । यता पुरुष तर्फ पराजित आमचोक गाउँपालिकाले द्धितृय, तृतीय स्थान ताप्ली गाउँपालिकाले भएको छ भने मानेभन्ज्याङ गाउँपालिका ओखलढुंगाले सानत्वना हुन सफल भएको छ ।
यता महिला तर्फ आमचोक गाउँपालिका संग पराजित हुदै लिम्चुङबुङ गाउँपालिका द्धितीय तथा मानेभञ्ज्याङ गाउँपालिका ओखलढुंगा तेस्रो हुन सफल भएको छ । प्रतियोगीतामा बिजयी टिमले नगद एक लाख उप बिजेता टोलीले पचास हजार र सान्तवना हुने समुहले दश दश हजार नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगीताका बिजयीहरुलाई प्रतियोगीता समापन समारोमा ताप्ली युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष शैलेन्द्र राई, कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माक, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष धनामाया मगर, बिशेष अतिथि ताप्ली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर राईले पुरस्कृत गर्नु भएको थियो । कार्यक्रममा पालिकाको सबै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, संघसंस्था, बिद्यालयका शिक्षक प्रतिनिधिहरुको पनि उपस्थितिमा रहेको थियो । गाउँपालिकाको खेलमैदानमा फागुन १९ गतेबाट सुरु भएको प्रतियोगीताको सोमबार समापन भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार