Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

गाईघाटमा जारी प्रदेश महोत्सवमा आज अन्तिम दिन ३ राष्ट्रिय कलाकारको प्रस्तुती हुने

  • उपहार न्यूज
  • शुक्रबार, फाल्गुन ११ २०८०
गाईघाटमा जारी प्रदेश महोत्सवमा आज अन्तिम दिन ३ राष्ट्रिय कलाकारको प्रस्तुती हुने

उदयपुर, फागुन ११ ।
उदयपुरमा जारी दोस्रो प्रदेश महोत्सवको अन्तिम दिन आज बिभिन्न तीन जना राष्ट्रिय कलाकारहरुले एकै स्टेजबाट प्रस्तुती दिने भएका छन् । सदरमुकाम गाईघाटस्थित बरुवा बसपार्क नजिकै फागुन १ देखि सुरु महोत्सवको अन्तिम दिन शुक्रबार चर्चित गायक राजेशपायल राई, गायिका कला राई र मोडल तथा गायिका अन्जु कुश्मीलगायतले प्रस्तुती दिने भएका हुन् ।

गायिका कला राई र अन्जुको प्रस्तुती अघिल्लो दिन रहेपनि वर्षातका कारण असहज भएपछि ११ गतेका लागि प्रस्तुती व्यवस्थापन गरिएको हो । अन्तिम दिन भएको र राष्ट्रिय स्तरका तीनैजना कलाकारको प्रस्तुती विशेष रहने भएकाले पनि आज अन्यसमयभन्दा चाँडै औपचारिक स्टेज कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ । अन्तिम दिनभने दिउँसैदेखि काउन्टरमा १०० रुपैयाँको प्रवेश टिकट खुल्ला भइसकेको बताइएको छ ।

Last updated:2024 Feb 23 Friday 11:43:44

प्रतिक्रिया
सम्बन्धित समाचार