Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

रौतामाईको पुवारे भन्ज्याङमा बालमैत्री कार्यक्रम कार्यन्वयनका लागि छलफल

  • उपहार न्यूज
  • शुक्रबार, फाल्गुन ४ २०८०
रौतामाईको पुवारे भन्ज्याङमा बालमैत्री कार्यक्रम कार्यन्वयनका लागि छलफल

शंकर रिखाम मगर
उदयपुर, फागुन ४ ।
उदयपुरको रौतामाइ गाउँपालिका ८ पुवारे भन्ज्याङमा वडा भरिको सम्पूर्ण सरोकारवालाहरु बीच बालमैत्री कार्यन्वयनको लागि छलफल सम्पन्न भएको छ । वल्र्ड भिजन नेपालको सहयोग तथा रौतामाइ ८ वडा कार्यालयको समन्वय र जाल्पा एकीकृत बिकास समाज उदयपुरको आयोजनामा रहेको १ दिवशीय छलफल कार्यक्रम सम्पन्न भएको हो ।

वडाका जनप्रतिनिधि, आधारभूत स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनिधि, विध्यालयका शिक्षक तथा शिक्षिका, टोलबिकास संस्था, बाल संजाल र बालक्लबका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो । अभिभावकहरुले हामी बालबालिकाहरुको चौतर्फी बिकासलाइ मध्य नजरमा राखिनु पर्ने साथै घरका आमा,बुबाहरु पहिलो अभिभावक हो भने बालबालिकाको सहभागिता, संरक्षण, बिकास र बचाउको लागि बार्षिक रुपमा बजेट बिनियोजन गरि अगाडि बढ्न सहयोग गर्ने वडा कार्यलय र पालिका दोश्रो अभिभावक भएको बाल संजालकि अध्यक्ष रुमाकुमारी मगरले बताइन् ।

बालमैत्री घोषणाको लागि बिद्यालयबाट दिनु पर्ने सम्पुर्ण पूरा भएको सुचकहरु प्रमाणित गरि फागुन २० गते भित्र पेश गर्ने धर्मध्वज आधारभुत बिद्यालय कोप्चेका शिक्षक इन्द्र तामाङले बताउदै बिद्यालयहरुमा भित्ते लेखनको लागि सहयोग गर्न सहयोगी निकाय जाल्पा एकीकृत बिकास समाज संग माग पनि शिक्षक तामाङले गरेकाछन ।

बालमैत्री घोषणा गर्न सजिलो छैन घोषणाको लागि स्म्पुर्ण टोल र बस्तीका बालबालिका देखि लिएर युबा तथा ज्येष्ठ नागरिक सहित मिलेर हातेमालोका साथ अगाडि बढ्ने र अभियानहरु सन्चानलन गर्दै सुचकहरु पूरा गर्दै गयौं भने अवश्य हाम्रो लक्ष्य र सपना पूरा हुनेछ रौतामाइ ८ का वडा अध्यक्ष घमान सिंह थापा मगरले वताउदै बालमैत्री घोषणा तोकिएको समयमा गर्न सकिने वताउदै बालमैत्री अभियानको लागि गाउँ घर, हाट बजारमा पर्चा,पम्प्लेट टासगर्ने अभियान गर्नलाई सामाग्री बितरण गर्दै बाल सन्जाल र बालक्लबलाइ बिधान अनुमोदनका लागि वडा अध्यक्ष मगरबाट हस्तान्तरण गरिएको थियो ।

Last updated:2024 Feb 17 Saturday 09:14:34

प्रतिक्रिया
सम्बन्धित समाचार