उदयपुर, फागुन १ । उदयपुरमा प्रदेश महोत्सवको दोस्रो संस्करण सुरु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्घाटन गर्ने महोत्सव फागुन १० गतेसम्म संचालन हुनेछ । जसका लागि महोत्सव अवलोकनका लागि बिभिन्न टिकटहरुको व्यवस्था गरिएको छ ।
सामान्य टिकट १०० रुपैयाँ हरेक दिन निर्धारण गरिएको छ भने सर्वसाधरणलाई लक्षित गरी ३०० रुपैयाँमा १० दिन प्रवेश गर्न सकिने टिकटसमेत व्यवस्था गरिएको छ । सो टिकट भने मेला सुरु हुनुअघिसम्म अग्रीम बुकिङ भइसकेको टिकट व्यवस्थापन समितिका संयोजक दिनेश श्रेष्ठले जानकारी दिए । महोत्सवमा एक लाखबढी सर्वसाधरणलाई प्रत्यक्ष अवलोकन गराउने लक्ष्य राखिएको छ ।