उपहार न्यूज
उदयपुर माघ २९
त्रियुगा उद्योग वाणिज्य संघको आयोजनामा फागुन १ गते देखि हुने दोस्रो प्रदेश महोत्सव २०८० त्रियुगाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । सोमबार महोत्सव स्थल बरुवा बस पार्कमा पत्रकार सम्मेलन गर्दै महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।
मंगलबार औपचारिक कार्यक्रम सहित कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्घाटन गर्ने तयारी रहेको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका अध्यक्ष रमेश रसाईलीले जानकारी दिनु भयो ।
महोत्सवको तयारी स्वरुप विभिन्न स्थानमा स्वागत गेट निर्माण, स्टल व्यवस्थापन देखि वाल उद्यान सम्पूर्ण तयारी पुरा भएको जनाईएको छ । भाषा, कला र संस्कृतिको उत्थान बढाउ, उद्योग, व्यापार, कृषि र पर्यटन भन्ने मुल नाराका साथ सुरु हुन लागेको महोत्सवमा देशभरबाट डेढ सय बढि विभिन्न स्टलहरु राखिने छन् ।
स्थानिय लघु, घरेलु उत्पादन देखि बहुराष्ट्रिय कम्पनीहरुको बस्तु तथा सामाग्रीहरुको प्रदर्शनी तथा विक्रि समेत महोत्सवमा गरिने छ । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ संगको समन्वयमा खोटाङ र उदयपुरको विचबाट बग्ने सुनकोसीको फोक्सीन्टार देखि धाप्लाङघाट सम्म ¥याफटिङ तथा त्रियुगा नगरपालिका ११ राते डाडाबाट प्याराग्लाईडिङ समेत उडान गरिने छ ।
महोत्सवमा प्रदेशभरीका उत्पादनहरु प्रदर्शनमा राखिने भएको छ । संयोजक रसाईलीका अनुसार महोत्सवमा पर्यटन, ब्यपार, उत्पादन, कृषि जस्ता महत्वपूर्ण क्षेत्रहरुलाई प्राथामिकक्तामा राखिएको छ ।
महोत्सवको उद्घाटनमा कोशी प्रदेशका उपसभामुख सृजना दनुवार, उर्जा जलस्रोत, सिचाई तथा खानेपानी मन्त्री नारायण बुर्जा मगर उद्योग, कृषि तथा सहकारी मन्त्री राम कुमार खत्री, अन्य प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख, त्रियुगा नगरपालिका नगर प्रमुख बसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई, जिल्लाका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय पदाधिकारी, कोशी प्रदेश अध्यक्ष तथा पदाधिकारी लगायत विशिष्ट व्याक्तित्वहरुको उपस्तिथी रहने जनाईएको छ ।
विहान १०ः३० मा गाईघाट स्थित पिपल चोकबाट विभिन्न झाकीका साथ बजार परिक्रमा गर्दै महोत्सव स्थल सम्म ¥याली सहित पुगेर कार्यक्रम उद्घाटन गरिने छ । पञ्चे बाजा, विभिन्न जातजातीको झाकी, कलाकारहरुको सहभागीता सहित झाकीको आयोजना गर्न लागिएको त्रियुगा उद्योग वाणिज्य संघका महासचिव दिनेश श्रेष्ठले जानकारी दिनु भयो ।
महोत्सवको लागि जिल्लाको सबै स्थानमामा प्रचार प्रसारको काम भैरहेको छ आयोजकको तर्फबाट विभिन्न संचारमाध्यम तथा सामाजिक संजालहरुमा समेत प्रचार प्रसारको काम भैरहेको त्रियुगा उद्योग वाणिज्य संघका सचिव तथा सूचना तथा संचार प्रचार प्रसार समितिका संयोजक रुपम गुप्ताले जानकारी दिनु भयो ।
कार्यक्रममा दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सांगीतिक तथा सांस्कृतिक प्रस्तुतीहरु राखिने छन्, महोत्सवमा चर्चित गायक राजेशपायल राई, सविन राई एण्ड द फारो व्याण्ड, मिलन नेवार, मेलिना राई, सृजना खत्री (हाउडे माया) आशिस राना लाहुरे, र्यापर जिबब, गायीका शान्ति श्री परियार, अस्मिता अधिकारी, नवराज घोरासैनी, वविता वाणिया जेरी, हास्य कलाकार मनोज गजुरेल, रचना रिमाल, आशिष अविरल, राज कुस्मी, समिक्षा चौधरी, बरिष्ठ कलकार मनोहरी थापा, गायक असोक सिवा, नन्दु गुरुङ, ताराविर पाण्डे, लोकस्टार विनोद दनुवार, पुजा केप्छाकी मगर, सुनिता कार्की कलकार रेखा राई, गोपाल कृति लगायत स्थानिय कलकारहरुको प्रस्तुती साथै युनिभर्सल डान्स ग्रुप इटहरीको समेत प्रस्तुती रहने छ ।
यसै विच फागुन ४ गते लागुऔषध दुव्र्यसनी बिरुद्धको सचेतनामुलक कार्यक्रम समेत आयोजना गरिने भएको छ । उक्त दिन र्याप गायक आशिस राना लाहुरेको विशेष प्रस्तुती रहने छ । त्रियुगा नगरपालिका, जिल्ला प्रहरी कार्यालय उदयपुर संगको विशेष समन्वमा हुने उक्त दिन प्रवेश समेत निःशुल्क रहने आयोजक समितिका प्रथम उपाध्यक्ष नविन बस्नेतले जानकारी दिनु भयो ।