Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रियुगामा नगर देखि घर घर सम्म अभियान सुरु

  • उपहार न्यूज
  • शुक्रबार, भाद्र २० २०७६
त्रियुगामा नगर देखि घर घर सम्म अभियान सुरु

विश्वराज तामाङ
उदयपुर भाद्र २०
उदयपुरका त्रियुगा नगरपालिकामा शुक्रबारबाट अपराध रहित समाज निर्माणको लागि नगर देखि घर घर सम्म अभियान सुरु भएको छ । अभियानको एक समारोहका विच त्रियुगा नगरपालिका नगर प्रमुख वलदेव चौधरी र कार्यक्रमका प्रमुख अतिथि प्रहरी नायव महानिरिक्षक ठाकुर प्रसाद ज्ञवालीले संयुक्त रुपमा गर्नु भएको छ । सामाजिक रुपमा हुने विभिन्न नकरात्मक क्रियाकलापले समाजलाई असुरक्षित संगै अपराधका घटनाहरु बढ्ने भन्दै प्रहरी संगको साझेदारीमा नगर देखि घर घर सम्म अभियान सुरु भएको हो ।
नगर देखि घर घर सम्म अभियान संगै शुक्रबारबाट त्रियुगा नगरपालिका क्षेत्रमा लागुऔषध विरुद्ध सचेतनामुलक अभियानको घोषणा समेत गरिएको छ । समाजमा अपराधिक घटना बढ्नुको मुख्य कारन लागुऔषध बन्दै गएकाले यसलाई नियन्त्रण गर्नका लागि समेत अभियानको थालनी गरिएको जनाइएको छ । हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी भन्ने नारा सहित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत त्रियुगा नगरपालिका क्षेत्रमा लागुऔषध दुव्र्यसनी विरुद्धको अभियान समेतलाई संग संगै अघि बढाउनका लागि अभियानको सुरुवात गरिएको जनाईएको छ ।
किशोर अबस्थाका युवाहरु दिन दिनै कुलतमा फस्दै जाँदा समाजमा अपराधिक घटना बढ्ने र समाजनै असुरक्षित हुने भन्दै नगरपालिकाले प्रहरी संगको साझेदारीमा घर घर सम्म पुगेर अभियानको संचालन गरिने त्रियुगा नगरपालिकाका प्रमुख वलदेव चौधरीले बताउनु भयो ।
त्रियुगा नगरपालिकाले आजको घर सुरक्षित नभए नगर सुरक्षित नहुने भन्दै प्रत्येक घरलाई सुरक्षित पार्नका लागि नगरपालिकाले अभियान सुरु गरेको हो । नगरपालिका क्षेत्रका सबै सरोकारवालालाई समेटेर आफ्नो घरलाई सुरक्षित वनाउदै नगरबासीलाई जागरुक बनाउनका लागि अभियानको सुरुवात गरिएको प्रमुख चौधरीले जानकारी दिनु भयो । समाजमा युवाहरुलाई रचनात्मक क्रियाकलापमा सहभागी गराउदै सकरात्मक दिशाा तर्फ उन्मुख गराउनका लागि सचेतनाको माध्यमबाट अभियानको सुरुवात गरिएको उहाँले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रहरी नायव महानिरिक्षक ठाकुर ज्ञवालीले प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम संचालन गरिरहेको र प्रहरी एक्लैले मात्रै सबै गर्न नसक्ने भएकाले सबै क्षेत्र संग साझेदारी गरेर कार्यक्रम अघि बढाईएको बताउनु भयो ।
जनचेतना जगाउदै कानुनी प्रावधानहरुको प्रचरात्मक अभियान संचालन गरेर समाजमा अपराधिक घटनामा कमी ल्याउने प्रयत्न रहेको ज्ञवालीले बताउनु भयो । उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्काले लागुऔषध दूव्र्यसनी जिल्लाको प्रमुख समस्या भएकाले कानुन कार्यान्वयनको र समुदायको तहबाट जागरण पैदा गर्दै जिल्लाको सबै स्थानिय तहहरुमा कार्यक्रमलाई अभियानको रुपमा अघि बढाईने योजना रहेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक वीर बहादुर बुढामगरले सामाजिक कुरिति र विसंगतीका क्षेत्रमा हुने क्रियाकलापको बिरुद्धमा एकिकृत अभियानको थालनी भएको बताउनु भयो । उहाँले लागुऔषध दुव्र्यसनी संगै बाल विवाह, महिला हिंसा, साईबर क्राईम लगायतको बिषयमा जनचेतना जगाउदै जनस्तर सम्म पुग्ने अभियानको थालनी गरिएको बताउनु भयो ।
अभियान घोषणा संगै त्रियुगा नगरपालिका क्षेत्रमा अराधिक घटनाको कमी आउने आशा राखिएको नगर उपप्रमुख देवीकुमारी चौधरीले बताउनु भयो । नगरको वडा तथा टोल बस्ती सम्म पुगेर अपाराध निरुपन गर्न तर्फ नगरपालिका उन्मुख हुने उहाँले वताउनु भयो ।
त्रियुगा नगरपालिकाले सार्वजनिक गरेको कार्यक्रम समय सान्दर्भिक भएको स्थानिय शिक्षक टंग गुरागाईले बताउनु भयो । अहिलेदेखिनै यस किसिमका कार्यक्रमहरु संचालन नहुने भए समाजमा भयाभह अबस्था सृजना हुने भएकाले नगरपालिकाले अपनत्व वहन गर्दै सुरु गरेको अभियान आफैमा स्वागत योग्य रहेको बताउनु भयो । कार्यक्रममा सगरमाथा टिन्स क्लब म अघि बढ्छु अभियानका उदयपुर फोकल पर्शन समिर चौलागाईले प्रदेश सरकारले युवा तथा किशोरहरुलाई समाजप्रति उत्तरदायी बनाउनका लागि कार्यक्रम ल्याएकाले अभियानमा संग संगै अधि बढ्ने उद्घोषण गर्नु भएको थियो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम त्रियुगा नगरपालिका स्तरीय समितिको अगुवाईमा सुरु भएको अभियानमा गैसस महासंघ, नेपाल पत्रकार महासंघ उदयपुर, सगरमाथा टिन्स क्लब म अघि बढ्छु अभियान, उद्योग वाणिज्य संघ, नागरिक समाज लगायतको सहकार्य रहेको मानवअधिकारर्की भरत खड्काले जानकारी दिनु भयो । गाईघाट स्थित पिपल चोकमा आयोजित अभियान घोषणा सभा कार्यक्रममा त्रियुगा नगरपालिका क्षेत्रका जनप्रतिनिधि, पत्रकार, सरकारी कार्यालय, सामुदायीक विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी नगर क्षेत्रका टोल विकास संस्थाका प्रतिनिधि लगायतको ठूलो संख्यामा उपस्तिथी रहेको थियो ।

Last updated:2019 Sep 06 Friday 11:29:39

प्रतिक्रिया
सम्बन्धित समाचार