Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

दोस्रो वडाअध्यक्ष कपको उपाधि दुधौली स्पोर्टस क्लबलाई (फोटो फिचर सहित)

  • उपहार न्यूज
  • शनिबार, माघ २७ २०८०
दोस्रो वडाअध्यक्ष कपको उपाधि दुधौली स्पोर्टस क्लबलाई (फोटो फिचर सहित)

उपहार न्यूज
उदयपुर माघ २७
त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेमा आयोजित दोस्रो वडाअध्यक्ष सेभेन ए साइड फुटबल प्रतियोगीताको उपाधि दुधौली स्पोर्टस क्लब सिन्धुलीले चुमेको छ । प्रतियोगीताको शनिवार भएको फाइनल खेलमा तालतलैया फुटबल क्लबलाई टराईब्रेकरमा चार दुई गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
प्रतियोगीतामा उपाधि चुमे संगै दुधौलीले नगद एक लाख एक हजार एक सय एघार रुपैया हात पार्न सफल भएको छ भने दुधौली स्पोर्टस क्लबले ५१ हजार एक सय एघार रुपैया हात पार्न सफल भएको छ । प्रतियोगीतामा उत्कृष्ट गोलरक्षकको उपाधि दुधौली स्पोर्टस क्लबका सुरेस सदा, सर्वोत्कृष्ट खेलाडिको उपाधि तालतलैयाका सिजन राई, उदयमान खेलाडि फ्युजन फुटवल क्लबका विशाल श्रेष्ठ पुरस्कृत भए । त्यसैगरी सर्वाधिक गोलकर्ताको उपाधि फ्युजन फुटवल क्लबका दिपक मगर, सुदिप श्रेष्ठ र गाईघाट फुटवल क्लबका दिवश श्रेष्ठले संयुक्त रुपमा प्राप्त गरेको आयोजक समितिका रुपशे मगरले जानकारी दिनु भयो । प्रतियोगीताको समानका प्रमुख अतिथि त्रियुगा नगरपालिकाका नगर उपप्रमुख महेश्वरी राईले खेलको उद्घाटन गर्नु भएको थियो, उद्घाटन समारोहलाई प्रमुख अतिथि राई संगै त्रियुगा नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष किरण पाण्डे, नेत्रज्योती संघ उदयपुरका अध्यक्ष भागवत राउत, नेपाल पत्रकार महासंघ उदयपुरका सचिव विश्वराज तामाग, त्रियुगा नगरपालिका वडा नम्बर १० का वडा सदस्य शनिदेव मगर, टोल विकास समन्वय समिति त्रियुगा नगर समितिका अध्यक्ष नविन राईले संवोधन गरेका थिए । कार्यक्रममा युवा तथा खेलकुद विकास समिति त्रियुगा नगरपालिका वडा नम्बर १० का पूर्व अध्यक्ष तथा नव उदय सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष जीवन पाण्डेले स्वागत मनतव्य राख्नु भएको थियो, कार्यक्रम युवा तथा खेलकुद विकास समितिका अध्यक्ष हरिचन्द्र राईको अध्यक्षता तथा फ्युजन फुटवल क्लबका अध्यक्ष ज्ञानेन्द्र मगरले संचालन गर्नु भएको थियो । त्रियुगा नगरपालिका १० बोक्से नयाँबस्ती स्थित गंगा खेल मैदानमा आयोजित फाईनल प्रतियोगीता हेर्नका लागि करिब दुई हजार बढि दर्शक उपस्तिथी रहेका थिए ।

तस्बीर सौजन्य ः फ्युजन फुटवल क्लब फेसबुक पेज

Last updated:2024 Feb 10 Saturday 15:31:06

प्रतिक्रिया
सम्बन्धित समाचार