Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरमा खोरभित्र जलेर ९६ बाख्रा गुमाउने कृषकले पाए २१ लाख बढी वीमा दावी रकम

  • उपहार न्यूज
  • बिहिबार, माघ २५ २०८०
उदयपुरमा खोरभित्र जलेर ९६ बाख्रा गुमाउने कृषकले पाए २१ लाख बढी वीमा दावी रकम

देवराज राई-
उदयपुर । उदयपुरमा एक कृषकले वीमा बापत २१ लाख बढी रकम प्राप्त गरेका छन् । जिल्लाको रौतामाई गाउँपालिका वडा नम्बर ५ का बाख्रा पालक स्थानीय मानवबहादुर कटुवाललाई पशु वीमा दावीअन्तर्गत सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनि लिमिटेड गाईघाट शाखाबाट २१ लाख ११ हजार तीन सय ५० रुपैयाँ उपलब्ध गराइएको हो ।

पाँच वर्षयता निरन्तर बाख्रा पालन व्यवसाय गर्दै आएका ‘रौता राकुली कृषि तथा पशुपञ्छी फर्म’का संचालक मानबहादुरको बाख्रा खोरमा आगलागी हुँदा ९६ वटा बोका र पाठी मरेका थिए । रौतामाई ५ का वडाध्यक्ष पाण्डव राईका अनुसार २०७९ फागुन २६ गते राती साढे २ः०० बजे विद्युत सर्ट भई बाख्राको दुई वटा खोरसमेत जलेर पूर्ण रुपमा खरानी भएको थियो ।

लगत्तै सप्रमाण वडाले २०७९ चैत ३ गते घटनास्थलको स्थलगत मुचुल्कासहित सिफारिस गरेको थियो । कम्पनीको तर्फबाट पूरा गर्नुपर्ने कागजी प्रक्रियाहरु सकिएपछि दाबी बराबरकै रकम हस्तान्तरण गरिएको गाईघाट शाखा प्रमुख डिबी कटुवालले जानकारी दिए । १२ लाख ६१ हजार तीन सय ५० रुपैयाँ बोका र पाठीबापत र जलेको दुई वटा गोठबापत आठ लाख ५० हजार गरी एकमुष्ठ दुई चेकबापट सो रकम भुक्तान गरिएको हो ।

कृषक मानबहादुरले व्यवसायिक रुपमै पाल्दै आएको जमुनपारी क्रस पाठी र बोयर क्रस बोका गोठसहित स्वहा भएपछि बीउ पुँजीबिहीन अवस्थामा पुगेका थिए । समयमै वीमा गर्नाले ‘सत्यको धन फर्किएको’ उनले प्रतिक्रिया दिए ।

रौतामाई ५ नम्बर वडाकार्यालयको सभाहलमा एक कार्यक्रमसहित रौतामाई गापा प्रमुख वीरेन्द्रकुमार मगरले पीडितलाई चेक हस्तान्तरण गरेका थिए । वीमाप्रति कृषकलाई उत्प्रेरणा जगाउन सचेतनामूलक अन्तरक्रिया समेत रहेको कार्यक्रममा रौतामाई ५ का वडाध्यक्ष पाण्डव राई, ६ नम्बरका वडाध्यक्ष पृथ्वीकुमार राई, पालिकाका कृषि पशुशाखा प्रमुख चुडाराज थापालगायतको उपस्थिती थियो ।

सो क्रममा बोल्दै पालिका प्रमुख मगरले कृषि व्यवसायमा भइपरी आउने जोखिम बहन र सुरक्षित लगानीका लागि पछिल्लो समय बीमा कार्यक्रम अत्यावश्यक बन्दै गएको बताए ।

Tags :
प्रतिक्रिया
सम्बन्धित समाचार