Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुर बोक्सेकी स्तन क्यान्सर पीडित मनमायालाई अटो व्यवसायीहरुको सहयोग

  • उपहार न्यूज
  • सोमबार, माघ २२ २०८०
उदयपुर बोक्सेकी स्तन क्यान्सर पीडित मनमायालाई अटो व्यवसायीहरुको सहयोग

शौरब मगर
बोक्से, माघ २२ । उदयपुरमा स्तन क्यान्सर पीडित एक महिलालाई अटो व्यवसायीहरुले आर्थिक सहयोग गरेका छन् । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेकी मनमाया मगरको आर्थिक अवस्था कमजोर भएको र उपचार खर्च अभावकै कारण समस्या देखिएपछि व्यवसायीहरुले व्यक्तिगत रुपमा रकम संकलन गरी उपलब्ध गराएका हुन् ।

५५ वर्षीया मनमाया एक वर्षयता स्तन क्यान्सरले थलिएपछि निरन्तर उपचार हुँदै आएको छ । हाल चितवनको भरतपुरस्थित क्यान्सर हस्पीटलमा उपचाररत उनलाई गाईघाट बोक्से अटोव्यवसायी समूहले ६ हजार १ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको तीलक भुजेलले जानकारी दिए ।

‘थोपा थोपा मिलेर समुन्द्र बन्छ’ अटो व्यसायी सर्वधन राईले भने, ‘तपाई हाम्रो सानो सहयोगले कसैको जीवन बाँच्छ भने सुरक्षित यात्रा मात्र नभई सामाजिक सहयोगका लागि पनि तत्पर छौँ । राईका अनुसार यसअघि पनि व्यवसायी समूहले बिभिन्न परिवारलाई समेत आर्थिक सहयोग उपलब्ध गराइसकेको छ ।

एक वर्षअघि नै रोग पत्ता लागेको भएपनि रकम अभावकै कारण पीडित मनमायाको सामान्य उपचार मात्र हुँदै आएको थियो । तर पछिल्लो समय रोगले निकै च्यापेपछि भरतपुर भर्ना गरिएको हो । पीडितकी छोरा वासुदेव मगरका अनुसार आमाको उपचारका लागि लाखौँ खर्च भइसकेको छ । भएभरको सबै सकिएपछि अन्ततः सहयाोगी मनहरुसँग सहयोग अपेक्षा गर्नुको बिकल्प नरहेको छोरा वासुदेवले बताए ।

उनले सहयोगी मनहरुलाई आफूले सकेको सहयोग गरिदिन समेत आग्रह गरेका छन् । जसका लागि सहयोग गर्न चाहने व्यक्तिहरुले छोरा वासुदेवको मोवाईल नम्बर ९८२७७८२२१९ वा एनआईसी एसिया बैंक गाईघाट शाखाको खाता नम्बर ४०८७७७४६७६५२४००१ मा सीधै जम्मा गर्न पकि सकेनछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार