Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

नेशनल लाईफ गाईघाट शाखाद्धारा अभिकर्ता क्षमता अभिबृद्धि तालिम सम्पन्न

  • उपहार न्यूज
  • सोमबार, माघ २२ २०८०
नेशनल लाईफ गाईघाट शाखाद्धारा अभिकर्ता क्षमता अभिबृद्धि तालिम सम्पन्न

उदयपुर । नेपालको सबैभन्दा पुरानो जीवन वीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गाईघाट शाखाले आफ्ना अभिकर्ताहरुका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ । कम्पनिले पछिल्लो समय सार्वजनिक गरेका बीमा नीति र अभिकर्तालाई पुनरताजगीका लागि एक दिने तालिम प्रदान गरिएको हो ।

स्थानीय रत्ना रिसोर्टको सभाहलमा आयोजित कार्यक्रममा बीमा योजनाहरु, जोखिमाङ्करण, वीमा दाबी र वार्षिक प्याकेजबारे जानकारी गराइएको थियो । सो क्रममा कम्पनीले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको उत्कृष्ट वीमा योजनाहरुबारे गाईघाट शाखाा प्रमुख प्रेमकुमार राईले सहजीकरण गरेका थिए ।

त्यस्तै कम्पनिका कोशी प्रदेश प्रमुख नरेन्द्रकुमार राईले आर्थिक वर्ष २०८०÷०८१ का लागि अभिकर्ताहरुले प्राप्त गर्ने वार्षिक प्याकेजबारे छलफल गरेका थिए । प्रदेश प्रमुख राईले वीमाका लागि अभिकर्ताहरु समुदायमा जाँदा प्रस्तुत गर्नुपर्ने व्यवहारिक ज्ञान र पूर्वतयारीबारे सुझाव दिएका थिए । उनले कम्पनिको शाखा कार्यालय र अभिकर्ताहरुले सर्वसाधरणलाई बीमा गराउदा हुनसक्ने त्रुटिले जोखिम बहनमा समस्या देखिने गरेको भन्दै कागजी प्रक्रियामा ध्यान दिन समेत आग्रह गरेका थिए ।

त्यस्तै कार्यक्रममा गाईघाट शाखाका ट्रेनि सहायक सुवास रानाले वीमा दाबीसम्बन्धी प्रस्तुतीकरण राखेका थिए । वीमाको क्रममा हुने जोखिमाङ्कनबारे गाईघाट शाखा ट्रेनिसहायक अप्सरा खत्रीले स्लाईडमार्फत सहजीकरण गरेकी थिइन् । सो क्रममा अभिकर्ताले वीमा पोलिसी कागजात फारम भर्दा ध्यान दिनुपर्ने पक्षहरुबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा गाईघाट शाखामार्फत आकर्षक व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान पनि गरिएको छ । होमबहादुर लुंगेली, अनिरुध चौधरी, गणेश कार्की र बिन्दाकुमारी मस्राङगी मगरलगाय सम्मानित भएका हुन् ।

कार्यक्रममा इटहरी शाखा प्रमुख भोजमान श्रेष्ठको पनि सहभागिता रहेको थियो । जम्मा ७१ जना सहभागी रहेको कार्यक्रम बिहान ११ बजेदेखि ४ बजेसम्म सञ्चालन भएको थियो । जीवन सुरक्षा र बचत समेत हुने भएकाले पछिल्लो समय वीमा गरेर बचत गर्नेतर्फ सर्वसाधरणले चाँसो देखाउन थालेको शाखा प्रमुख राईको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार