Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

दोस्रो वडाअध्यक्ष कप ८–२ अन्तरले फ्युजन विजयी

  • उपहार न्यूज
  • बिहिबार, माघ १८ २०८०
दोस्रो वडाअध्यक्ष कप ८–२ अन्तरले फ्युजन विजयी

उपहार न्यूज
उदयपुर माघ १८
त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेमा आयोजना भैरहेको दोस्रो वडा अध्यक्ष कप फुटवल प्रतियोगीताको तेस्रो दिनको खेलमा फ्युजन फुटवल क्लब बोक्सले फराकिलो जित निकाल्दै क्वाटर फाइनल प्रवेश गरेको छ ।
स्टार युवा क्लब जोगीदहलाई ८–२ गोल अन्तरले पराजित गर्दै फ्युजन फुटवल क्लब बिजयी भएको हो । फ्युजनको जितमा दिपक मगर र सुदिप श्रेष्ठले ह्याट्रिक गरेका थिए भने टिम क्यापटेन सनम राईले दुई गोल गरेका थिए ।
फ्युजनको लागि दिपक मगरले खेलको ३ मिनेट, १३ मिनेट र २८ औ मिनेटमा गोल गर्न सफल भएका थिए भने सुदिप श्रेष्ठले खेलको २४ औ मिनेट, ४० औ र ५३ औ मिनेटमा गोल गर्न सफल भएका थिए । फ्युजनको लागि टिम कप्तान सनम राईले खेलको ४२ औ र ४६ औ मिनेटमा गोल गर्न सफल भएका थिए ।
यता स्टार फुटवल क्लब जोगीदहको लागि खेलको ११ औ मिनेट र विशाल चौधरीले खेलको अतिरिक्त समयमा सान्तवना गोल फर्काएका थिए । प्रतियोगीताको विहिबार सम्पन्न खेलको म्यान अफ द म्याच फ्युजन फुटवल क्लबका दिपक मगर घोषित भए ।
मगरलाई त्रियुगा नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष किरण पाण्डे र त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिका सचिव किरण कार्र्कीले पुरस्कृत गरेका थिए । माघ १९ गते बोक्से युवा संजाल र त्रियुगा स्पोर्टस क्लब उदयपुर, माघ २० गते गोलबजार फुटबल क्लब र उद्घाटन खेलका बिजेता गाईघाट फुटबल क्लब विच प्रतिस्पर्धा हुने छ । त्यसैगरी माघ २१ गते कोशी प्रदेश प्रहरी रानी विराटनगर र माघ १७ गतेको बिजेता टोली, माघ २२ गते ताततलैया फुटबल क्लब र माघ १८ गतेको बजेता, मघ २३ गते दुद्यौली स्पोर्टस क्लब सिन्धुली र माघ १९ गतेको बिजेता विच प्रतिस्पर्धा हुने आयोजक समितिका ज्ञानेन्द्र मगरले जानकारी दिनु भयो ।
प्रतियोगीताको सेमिफाईनल खेल माघ २४ र २५ गते हुने छ । फ्युजन फुटबल क्लब संगको समन्वयमा आयोजित प्रतियोगीताको प्रथम पुरस्कार एक लाख एक हजार एक सय ११ रुपैया र दोस्रो पुरस्कार ५१ हजार एक सय एघार रुपैया रहेको छ ।

Last updated:2024 Feb 01 Thursday 14:02:15

प्रतिक्रिया
सम्बन्धित समाचार