Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

दोस्रो वडाअध्यक्ष कप दोस्रो दिन कटारी विजयी

  • उपहार न्यूज
  • बुधबार, माघ १७ २०८०
दोस्रो वडाअध्यक्ष कप दोस्रो दिन कटारी विजयी

उपहार न्यूज
उदयपुर माघ १७
त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेमा मंगलबारबाट सूरु भएको दोस्रो वडा अध्यक्ष कप सेभेन ए साइड फुटबल प्रतियोगीता दोस्रो दिनको खेलमा बुधबार कटारी फुटबल क्लब बिजयी भएको छ ।
इटहरी फुटबल क्लब संगको कडा प्रतिस्पर्धाका विच कटारीले दोस्रो दिनको खेलमा जित हासिल गरेको हो । खेलको निर्धारित समय बराबरीमा टुगिंए पछि खेल ट्राईब्रेकर तर्फ धकेलिएको थियो ।
ट्राईब्रेकरमा समेत बराबरी भए पछि खेल सडन डेथ तर्फ धकेलिएको थियो, सडन डेथमा कटारी फुटबल क्लबका गोलरक्षक निश्चल कार्कीको उत्कृष्ट बचाउका कारण कटारी प्रतियोगीतामा बिजयी हुन सफल भएको हो । खेलको म्यान अफ दि म्याच कटारीका गोलरक्षक निश्चल कार्की घोषित भए ।
प्रतियोगीताको बिहिबारको खेल १८ गते बिहिबार फ्युजन फुटवल क्लब बोक्से र स्टार फुटवल क्लब जोगीदह, माघ १९ गते बोक्से युवा संजाल र त्रियुगा स्पोर्टस क्लब उदयपुर, माघ २० गते गोलबजार फुटबल क्लब र उद्घाटन खेलका बिजेता गाईघाट फुटबल क्लब विच प्रतिस्पर्धा हुने छ ।
त्यसैगरी माघ २१ गते कोशी प्रदेश प्रहरी रानी विराटनगर र माघ १७ गतेको बिजेता टोली, माघ २२ गते ताततलैया फुटबल क्लब र माघ १८ गतेको बजेता, मघ २३ गते दुद्यौली स्पोर्टस क्लब सिन्धुली र माघ १९ गतेको बिजेता विच प्रतिस्पर्धा हुने आयोजक समितिका ज्ञानेन्द्र मगरले जानकारी दिनु भयो ।
प्रतियोगीताको सेमिफाईनल खेल माघ २४ र २५ गते हुने छ । फ्युजन फुटबल क्लब संगको समन्वयमा आयोजित प्रतियोगीताको प्रथम पुरस्कार एक लाख एक हजार एक सय ११ रुपैया र दोस्रो पुरस्कार ५१ हजार एक सय एघार रुपैया रहेको छ ।

 

Last updated:2024 Jan 31 Wednesday 12:34:21

प्रतिक्रिया
सम्बन्धित समाचार