Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

गाईघाटमा प्रादेशिक महोत्सवको तयारी तिब्र

  • उपहार न्यूज
  • बिहिबार, पुष २६ २०८०
गाईघाटमा प्रादेशिक महोत्सवको तयारी तिब्र

उपहार न्यूज
उदयपुर पौष २५
त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको आयोजनामा आगामी फागुन १ देखि १० गते सम्म हुने प्रादेशिक महोत्सवको तयारी तिब्र पारिएको छ । त्रियुगा नगरपालिका उदयपुरबाट महोत्सव आयोजनाको लागि अनुमति प्राप्त गरे संगै महोत्सव महोत्सव आयोजनाको तयारी तिब्र पारिएको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विश्वकर्माले जानकारी दिनु भयो ।
स्थानिय व्यवसाय तथा पर्यटन प्रबद्र्धन गरी स्थानिय अर्थतन्त्र चलायमान बनाउनको महोत्सव आयोजना गर्न लागिएको त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष नविन बस्नेतले जानकारी दिनु भयो । महोत्सवको तयारी स्वरुप संघले विभिन्न चरणका काम तथा छलफलहरु गर्दै आएको छ ।
कोभिड १९ पछि धरासायी भएको व्यवसाय तथा अर्थतन्त्रलाई लयमा ल्याउनको लागि प्रदेशभरीका लघु उद्यमी, व्यवसायी, साना तथा मझौला उद्योगी तथा व्यवसायीहरुको उत्पादनलाई प्रबद्र्धन गर्नका लागि महोत्सव सहयोग पुर¥याउने संघका महासचिव दिनेश श्रेष्ठले जानकारी दिनु भयो ।
महोत्सवको तयारीमा जुटेको त्रियुगा उद्योग वाणिज्य संघलाई जिल्ला समन्वय समितिले समेत सहयोग पु¥याउने प्रतिबद्धता सहितको अनुमती पत्र समेत प्रदान गरिएको महासचिव श्रेष्ठले जानकारी दिनु भयो ।
संघले महोत्सवको तयारी स्वरुप संघ संस्था, व्यापार व्यवसायी तथा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको छ । अर्को तफ स्थानिय कला र संस्कृतिको समेत प्रबद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको महोत्सवको लागि स्थानिय कलाकारहरु संग समेत समन्वय भैरहेको अध्यक्ष रमेश विश्वकर्मा बताउनु हुन्छ । उदयपुरका स्थापित कलाकारहरुको व्यवसायीक विकास तथा नयाँ कलाकारहरुको प्रबद्र्धनको लागि समेत महोत्सवले सहयोग पु¥याउने उहाँको भनाई छ ।
लामो समय देखि उदयपुरका कलाकारहरुले एकै ठाउँमा रहेर स्थानिय दर्शक स्रोता माझ आफ्नो कला प्रस्तुती गर्ने अबसर पाएको छैन यो महोत्सवले स्थानिय कलाकारहरुकोलाई समेत सहयोग पुग्ने भए पछि कलकारहरु समेत हर्षित रहेको उदयपुर कलकार समाजका अध्यक्ष असको शिवा वताउनु हुन्छ ।
त्रियुगा नगर क्षेत्रका स्थानिय व्यवसायीहरुको हकहितको लागि स्थापित सबै भन्दा पुरानो संस्था भएकाले पनि संघ प्रति स्थानिय व्यवसायीहरुको विश्वास र भरोसा रहेको स्थानिय व्यवसायीहरु बताउछन् ।
आफ्नो दोस्रो प्रादेशिक महोत्सवको आयोजना गर्न लागेको संस्थाले आफ्नो महोत्सवलाई सफल बनाउन जिल्लामा रहेका विभिन्न संघ संस्था, व्यापार व्यवसायी, पत्रकार, राजनीतिक दल, बिद्यालयका प्रधानाध्यापक, विद्यार्थी, कार्यलयका प्रमुख तथा जिल्लाका सुरक्षा प्रमुखहरु सँग बसेर छलफल अगाडि बढाउदै आएको त्रियुगा उद्योग वाणिज्य संघका सचिव रुपम अनुराग गुप्ता बताउनु हुन्छ ।
त्रियुगा उद्योग वाणिज्य संघको बार्षिक क्यालेन्डर अन्तर्गत उदयपुरको गाईघाट स्थित बरुवा बसपार्कमा दोस्रो प्रादेशिक महोत्सव गरि महोत्सवमा प्रदेश भरिका १४ जिल्लाका स्थानीय उत्पादन र महत्वपूर्ण उत्पादनलाई बजारीकरण गर्दै त्रियुगाका उत्पादनलाई देश बिदेशमा समेत बजारीकरण गर्ने त्रियुगा उद्योग वाणिज्य संघका कोषाध्यक्ष टिका श्रेष्ठको भनाई छ ।
महोत्सवको मिति नजिकिदै जादाँ महोत्सव आयोजनाको लागि लिईएको उद्देश्य अनुसार सबै क्षेत्र संगको समन्वय सहकार्य गरेर अघि बढ्नु पर्ने पत्रकार महासंघ उदयपुरका सदस्य कुमार मोते बताउनु हुन्छ ।

Last updated:2024 Jan 11 Thursday 03:59:33

प्रतिक्रिया
सम्बन्धित समाचार