उपहार न्यूज
सप्तरी मंसीर २६
सप्तरीको बलान विहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले आफु निर्वाचनहुन पूर्व गरेका बाचाहरु पुरा गर्न सुरु गरेका छन् । उनले मंगलबारबाट गाउँपालिकाको नागरिकहरुको लागि अध्यक्ष स्वास्थ्य कार्यक्रमको घोषणा संगै स्थानिय नागरिकहरुको आफै स्वास्थ्य परिक्षण गर्दै निःशुल्क औषधि वितरण गर्न सुरु गर्नु भएको छ ।
गाउँपालिकाको वडा नम्बर १ मल्हनियाबाट सुरु गरेको अभियान गाउँपालिकाको सबै वडा वडा सम्म पुग्ने अध्यक्ष यादवको तयारी छ । स्वास्थ्य नागरिकको नैसर्घिक अधिकार भएकाले यसलाई प्रभावकारी ढंगले संचालन गर्नु पर्ने अध्यक्ष यादवको भनाई छ । अध्यक्ष यादवले गाउँपालिका अध्यक्ष स्वास्थ्य कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक, दिर्घरोगी र अपाङगता भएकाहरुका लागि कार्यक्रमको सुरुवात गरेको बताउनु भयो । यो अभियान अन्तर्गत गाउँपालिकाको १५ हजार जनताले प्रत्यक्ष स्वस्थ्य लाभ लिने अध्यक्ष यादवको भनाई छ ।

