Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रियुगा नगरपालिका भुकम्प पिडितलाई राहत लिएर जाजरकोट जादै

  • उपहार न्यूज
  • सोमबार, मंसिर ४ २०८०
त्रियुगा नगरपालिका भुकम्प पिडितलाई राहत लिएर जाजरकोट जादै

उपहार न्यूज
उदयपुर मंसीर ५
त्रियुगा नगरपालिका उदयपुरले जाजरकोटका भुकम्प पिडितलको लागि राहात सामाग्री लिएर मंगलबार त्यस तर्फ प्रस्थान गर्ने भएको छ । त्रियुगा नगरपालिकाले भुकम्प प्रभावित जाजरकोटका लागि राहतको लागि आव्हान गरेको थियो । नगरपालिकाले आव्हान गरेको राहात कोषमा विभिन्न क्षेत्रबाट लत्ताकपडा, खाद्यन्न, औषधि लगायतका सामाग्रीहरु प्राप्त भए पछि प्रभावित क्षेत्रमा वितरण गर्नका लागि त्यस तर्फ प्रस्थान गर्न लागिएको नगर प्रमुख बसन्तकुमार बस्नेतले जानकारी दिनु भयो ।
मंगलबार विहानै त्यस तर्फ प्रस्थान गर्ने छौ बुधबार दिउसो सम्म जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई सामाग्री हस्ताणतरन गरेर फर्कने छौ नगर प्रमुख बस्नेतले सोमबार साझ त्रियुगा नगरपालिकामा पत्रकारहरु संग भन्नु भयो । त्रियुगा नगरपालिकाले तीन लाख ८३ हजार पाँच सय बराबरको ५ हजार ९ सय किलो चामल, २८ हजार चार सय ४२ रुपैया बराबरको ७८ थान म्याट, ९८ हजार ९६५ रुपैया बराबरको २९० थान न्यानो कपडा, एक लाख एक हजार ६ सय बराबरको २०० थान ब्ल्याकेट, एक लाख बराबरको ९० थान त्रिपाल, ६ हजार बराबरको चार थान ठूलो त्रिपाल, ५४ हजार बरबारको १२ सय थान सेनिटरी प्याड, एक लाख १५ हजार बराबरको ४८ थान विभिन्न प्रकारको औषधि वितरण गरिने छ ।
राहात सामाग्रीको लागि त्रियुगा नगरपालिकाले एक लाख बराबरको सहयोग र त्रियुगा मेडिकलले औषधिहरु उपलब्ध गराएको त्रियुगा नगरपालिकाले जनाएको छ । यता ओरेक नेपालले १२ हजार बराबरको बच्चाको लागि न्यानो कपडा, महिलाहरुको लागि न्यानो सुरुवाल, गर्भवती महिलाको लागि म्याक्सी, जेन्स पाईन्ट किरशोरीहरुको लागि जामा उपलब्ध गराएको छ । त्यसैगरी पिसजोन स्कुल गाईघाटले ५७ थान नर्मल ट्याक सुट उलब्ध गराएको त्रियुगा नगरपालिकाले जनाएको छ ।
भुकम्प प्रभावित जिल्ला जारजरकोटमा पूर्वी नेपालदेखि राहात लिएर नगर प्रमुख बसन्तकुमार बस्नेत संगै, उप प्रमुख महेश्वरी राई, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विश्वकर्मा सहितको टोली त्यस तर्फ मंगलबार विहानै प्रस्थान गर्न लागेको हो ।

Last updated:2023 Nov 20 Monday 13:06:40

प्रतिक्रिया
सम्बन्धित समाचार