Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

पूर्वको फेवाताल बराहपोखरीमा मंसीर ६ गते मेला लाग्ने

  • उपहार न्यूज
  • शुक्रबार, मंसिर १ २०८०
पूर्वको फेवाताल बराहपोखरीमा मंसीर ६ गते मेला लाग्ने

विश्वराज तामाङ
खोटाङ मंसीर १
पूर्वको फेवातालले परिचिति खोटाङ बरहापोखरी गाउँपालिका वडा नम्बर १ मा रहेको बराहपोखरीमा आगामी मंसीर ६ गते हरिवोधनी ठूलो एकादशीको अबसरमा यस बर्ष वृहत सास्कृतिक कार्यक्रम सहित १ दिने महोत्सव हुने भएको छ । बराहपोखरी गाउँपालिका खोटाङको आयोजना तथा खोटाङ कलाकार समाजको सह आयोाजनामा विगत बर्षहरुमा झै यस बर्ष पनि महोत्सव आयोजना हुन लागेको गाउँपालिका अध्यक्ष सालिकराम बन्जराले जानकारी दिनु भयो । विगतमा केहि बर्ष कोरोनाका कारण सो स्थानमा मेला लाग्न सकेको थिएन हरिबोधनी ठूलो एकादशीको अबसर पारेर बर्षेनी लाग्ने बराहपोखरी मेला पूर्वी नेपालमा लाग्ने मेलाहरु मध्यकै महत्वपूर्ण मेलाको रुपमा लिईन्छ । खोटाङ सहित उदयपुर, भोजपुर, सुनसरी, ओखलढुंगा, मोरङ, धनकुटा, सिराह, सप्तरी लगायत टाढा टाढाबाट समेत मेलामा श्रद्धालुहरु आउने गरेका छन् । ठूलो संख्यामा मेला भर्न तथा पर्यटकीय स्थलको रुपमा रहेको बरापोखरी र पोखरीमा रहेको शंखेस्वर महादेवको दर्शन गर्नका लागि बराहपोखरीमा श्रद्धालुहरु आउने गरेका छन् ।
गाउँपालिकाले यस बर्ष विशेषगरी सास्कृतिक महोत्सवको रुपमा महोत्सव आयोजना गर्न लागेको गाउँपालिका अध्यक्ष बन्जराले जानकारी दिनु भयो ।
देशभरका १०० पर्यटकीय गनतव्यहरु मध्यमा पर्ने बराहपोखरीमा पाईने रातो माछा प्रख्यात रहेको छ धार्मिक दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको बराहपाखरीको पर्यटकीय प्रबद्र्धनको लागि समेत महोत्सवको आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष बन्जरा बताउनु हुन्छ ।
मंसीर ६ गते आयोजना हुने महोत्सवमा प्रतिनिधि सभा सदस्य रामकुमार राई (पासाङ) सरस्वती बजिमय, प्रदेश सभा सदस्यहरु पाँचकर्ण राई, भुपेन्द्र राई लगायतका विशिष्ट अतिथिहरुको उपस्तिथी रहने अङायोजकले जनाएको छ ।
यता सास्कृतिक महोत्सवमा लोकप्रिय गायक शम्भु राई, हास्य कलाकार सुवोध गौतम, गायक कमल खत्री तथा खोटाङ प्रतिभा २०८० का बिजयी प्रतियोगीहरु गायन नृत्य तथा खोटाङ कलाकार समाजका कलाकारहरुको सास्कृतिक प्रस्तुती रहने खोटाङ कलाकरा समाजका महासचिव पार्वन राईले जानकारी दिनु भयो ।

Last updated:2023 Nov 17 Friday 10:49:35

प्रतिक्रिया
सम्बन्धित समाचार