उपहार न्यूज
उदयपुर भाद्र १५
नेपाली कांग्रेसले आफ्नो स्थानिय तह संगठन पुनसंरचनाको आन्तरिम व्यवस्था निर्देशिका २०७६ को नियम ३ उप नियम ख बमोजिम सहमतीको आधारमा स्थानिय तह संगठन पुनसंरचना अभियान सुरु गरेको छ । उदयपुरमा पनि कांग्रेसले संगठनको पुनसंरचना अभियान सुरु गरेको हो, आईतबार पार्टी सभापती विदुर बस्नतेको अध्यक्षताामा बैठक बस्दै कांग्रेस उदयपुरले नयाँ संरचना अनुसार पार्टीलाई अघि बढाउनका लागि प्रारम्भिक चरणमा प्रतिनिधि सभा क्षेत्र अन्तर्गतका निर्वाचन क्षेत्र स्तरीय समितिलाई समायोजन गर्ने निर्णय गरेको छ ।
कांग्रेसको साविकको क्षेत्र नम्बर १ र २ को समितिलाई समायोजन गरेर कांग्रेसलले प्रतिनिधि सभा क्षेत्र नम्बर १ को समिति सर्वसहमत टुंग्याएको छ ।
दुवै क्षेत्रबाट समायोजनमा २५ सदस्यीय समिति गठन गरेको नेपाली कांग्रेस उदयपुरका सभापती विदुर बस्नेतले जानकारी दिनु भयो । क्षेत्र नम्बर १ को समायोजन भए पछि सभापतीमा भोजराज खतिवडालाई सभापतीको जिम्मेबारी दिईएको छ । खतिवडा साविकको क्षेत्र नम्बर १ का सभापती हुन्, यता साविकको क्षेत्र नम्बर २ का सभापती बसन्तकुमार बस्नेत लाई सह सभापतीको जिम्मेबारी दिईएको छ ।
त्यसैगरी उप सभापतीमा सीताराम चौधरी, श्याम राई सचिवमा शुशिल खत्री, वृष बहादर श्रेष्ठ, कोषाध्यक्षमा गोमा राउत र अमृका राई र सह सचिवमा उद्धब थापा रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा रुद्रप्रसाद पोख्रेल, धर्मराज थापा, बालो कुमार भगत, शान्तीकुमारी चौधरी, महन कुमारी राई, शोभा राउत, अम्बर बहादुर कटुवाल, निर बहादुर मगर, खगेन्द्र राई, दिनेश रौनियार, ध्रुब कोइराला, डम्बर बहादुर मगर, देबी बहादुर दाहाल, मुरारी चौधरी, डा. भोगेन्द्र चौधरी र निर बहादुर विश्वकर्मा रहेका छन् । त्यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ सभापतीमा रामकुमार खत्री, उप सभापतीमा ज्ञान बहादुर वाणिया, सचिवमा मोहनसिंह ठकुरी, गणेश पुरी, शुनिल राई सह सचिवमा कृष्ण बहादुर खत्री, कोषाध्यक्षमा रवीना स्माली मगर रहेका छन् । त्यसैगरी सदस्यहरुमा नवराज पौडेल, कृष्ण बहादुर खत्री, दिपिन राई, प्रेम बाहादुर अधिकारी, कृष्ण बहादुर राउत, टेकबहादुर रास्कोटी, सन्तोष केसी, निरञ्जन कार्की, धर्म राई, नारायाण बहादुर दाहाल, सुरेन्द्र राई, सुन्दरलाल परियार, हिरा कुमार कार्की, विष्णु कटुवाल, कुलदिप खत्री र राजिब तामाङ रहेका छन् । पार्टी समायोजन अन्तर्गत गठित समिति अन्तर्गत भाद्र १८ गते क्षेत्र नम्बर १ को चौदण्डिगढि नगरपालिका बेल्टारमा र क्षेत्र नम्बर २ को भाद्र २० गते कटारीमा बैठक बस्ने निर्णय गरेको छ ।
नयाँ संरचना अनुसार गरिने समायोजन अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र स्तरीय समिति गठन, प्रदेश स्तरीय समितिले गाउँ तथा नगर समिति समायोजन तथा गठन गर्ने कार्यक्रम गर्ने कार्यतालिका रहेको जनाईएको छ । यता फोरम लोकतान्त्रिक र कांग्रेस विचको समायोजनको क्रममा पूर्व फोरम लोकतान्त्रिकबाट क्रियाशिल सदस्यको लागि केन्द्रबाट २७७ जनाको नामवली प्राप्त भएको र जिल्ला स्तरीय संयन्त्र समितिले क्रियाशिल सदस्यको बिषयमा बैठक बसेर अन्तिम टुंगो लगाएर केन्द्रिय समितिमा सिफारिस गर्ने सभापती बस्नेतले जानकारी दिनु भयो ।