Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

बगाहमा जारी फुटबल प्रतियोगितामा गाईघाट पराजित, बेल्टार र दमौटीबीच शनिबार फाईनले हुने

  • उपहार न्यूज
  • शुक्रबार, कार्तिक २४ २०८०
बगाहमा जारी फुटबल प्रतियोगितामा गाईघाट पराजित, बेल्टार र दमौटीबीच शनिबार फाईनले हुने

उदयपुर, कात्तिक २४ ।
उदयपुरको बगाहमा जारी फुटबल प्रतियोगितामा गाईघाट फुटबल क्लव (जीएफसी)लाई पराजित गर्दै दमौटीले फाईनल यात्रा तय गरेको छ । आईतबारदेखि स्थानीय खेलमैदानमा जारी फुटबल प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा ट्राईब्रेकरको क्रममा जीएफसी पराजित भएको हो ।

जिल्ला फुटबल संघ उदयपुरको समन्वय तथा त्रियुगा नगरपालिका वडा नम्बर- ४ बगहा युवा समूहले आफ्नो स्वर्गीय खेलाडी युवराज राई(कैलाशको)को सम्झनामा युवराज राई स्मृति फुटबल प्रतियोगिता सञ्चालन गरेको हो ।

दुई समूहबीच भएको प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा ट्राईब्रेकरमा दमौटीले गाईघाटलाई ५-४ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगिताको मध्यान्तरअघि दुवै टिमले कुनै पनि गोल गर्न सकेनन् । अर्थात गोलरहित अवस्थामा ४५ मिनेटको आधा समय टुंगीएको थियो । मध्यान्तर अवधिको समय सकिएपछिको खेलमा २० औँ मिनेट जाँदा जीएफसीका खेलाडी रबिशंकर चौधरीले प्रहार गरेको बलले बिपक्षीको गोलपोस्ट चुमेको थियो ।

यता विजयी टिम दमौटीका सन्जीव चौधरीले २७ औँ मिनेटमा जवाफी गोल फर्काउदै दुवैटिमको गोलसंख्या बराबरी अवस्थामा पुर्‍याएका थिए । तोकिएको ९० मिनेटको समयअवधि सकिएसँगै निणर्ायकको निणर्य अनुसार दुई मिनेट समय थप गरिएको थियो । थपिएको समयभित्र पनि कुनै गोल हुन नसकेपछि बराबरीको अवस्थामा खेल सकिएको थियो ।

खेल बराबरी अवस्थाको खेललाई हार जित निणर्ायक बनाउन ट्राईब्रेकरमा प्रबेश गरेको थियो । ट्राईब्रेकरसहित दमौटीले गाईघाटबिरुद्ध जम्मा ५ गोल प्रहार गरेको थियो । यता जिल्लाकै सबैभन्दा बढी प्रतियोगितामा सहभागी हुने र उपाधि जित्दै आएको टिम जिएफसीको तर्फबाट बल प्रहार गर्ने खेलाडीहरुले भने अघिल्लो १ सहित जम्मा ४ गोल मात्र जोडेका थिए ।

शुक्रबारबार सम्पन्न खेलको म्यान अफ द म्याच भने जियी टिम दमौटीका संजय प्रधान घोषित भए । आयोजकका अनुसार शनिबार सोही महिदानमा विजेता र उपविजेता टुंग्याउन फाईनल खेल दमौटी र बेल्टार फुटबल क्लवीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार