Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरको बगाहामा जारी फुटबल प्रतियोगितामा जीएफसीद्धारा साउने पराजित

  • उपहार न्यूज
  • बुधबार, कार्तिक २२ २०८०
उदयपुरको बगाहामा जारी फुटबल प्रतियोगितामा जीएफसीद्धारा साउने पराजित

बिन्द्र राई-
उदयपुर, कात्तिक २२ । उदयपुरको बगाहस्थित स्थानीय खेलमैदानमा जारी फुटबल प्रतियोगितामा गाईघाट फुटबल क्लव (जीएफसी) विजयी भएको छ । प्रतियोगिताको तेस्रो दिनको खेलमा प्रतिस्पर्धी साउनेलाई २-० को अन्तरले पराजित गरेको हो ।

आईतवारदेखि जारी अन्तिम नकआउट चरणको खेलमा जीएफसी सुरक्षित बनेको हो । जिल्ला फूटबल संघ उदयपुरको समन्वय तथा बगहा युवा समूहको आयोजनामा स्वर्गीय खेलाडी युवराज राई (कैलाश)को सम्झनामा आफ्नै खेल मैदान बगहामा संचालन भईरहेको छ ।

मध्यान्तरअघिको खेल अवधिभर खेल बराबरीको अवस्थामा टुंगीएको थियो । मध्यान्तरपछिको घम्साघम्सीमा गाईघाटको जर्सी नम्बर १७ को योन्जन हमालले १० औँ मिनेटमा पहिलो गोल गरेर समूहलाई अग्रता दिलाएका थिए ।

त्यसैगरी सोही समूहकै जर्सी नम्बर ७ को मिलन दनुवारले ३१ औ मिनेटमा दोस्रो गोल गरेका थिए । यता बिपक्षी समूह साउनेले प्रतिस्पर्धाको बाबजुद गोल गर्न असफल भएसँगै गोलरहित अवस्थाको नतिजा सामना गर्नुपरेको थियो । बुधबार सम्पन्न खेलको म्यान अफ द म्याच योन्जन हमाल घोषित भए । बिहीवारको पहिलो चरणको सेमिफाइनल खेल बगहा युवा समूह र चौदण्डीगढीको बेल्टार फूटबल समूहबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार