Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरको बसाहमा स्वर्गीय खेलाडी मानबहादुरको सम्झनामा फुटबल प्रतियोगिता सुरु

  • उपहार न्यूज
  • शुक्रबार, कार्तिक १७ २०८०
उदयपुरको बसाहमा स्वर्गीय खेलाडी मानबहादुरको सम्झनामा फुटबल प्रतियोगिता सुरु

उदयपुर, कात्तिक १७ ।
उदयपुरको बसाहस्थित बदेलपानीमा आजदेखि फुटबल प्रतियोगिता सुरु भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर ३ स्थित स्थानीय खेलमैदानमा शुक्रबारदेखि प्रथम स्वर्गीय मानबहादुर मगर स्मृति फुटबल प्रतियोगिताको सुरु भएको हो ।

चौदण्डीगढी नगरपालिकाको विशेष सहयोग र सृजना युवा क्लव बसाहा बदेलपानीको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता सुरु भएको हो । प्रतियोगितालाई चौदण्डीगढी नगर युवा तथा खेलकुद विकास समितिले आर्थिक सहयोग गरेको छ । समितिले आयोजकलाई फलामे गोल पोस्ट दुई थान, जाली तथा फुटवल सहयोग गरेको समितिका सदस्य सचिव अनुपराज खत्रीले जानकारी दिए ।

बसाहा क्लबले समेत प्राबिधिक सहयोग गरेको बसहा क्लबका अध्यक्ष गौतम राईले जानकारी दिएका छन् । सृजना युवा क्लवका पूर्व सदस्य तथा बसाहा क्लवका पूर्वखेलाडी समेत रहेका स्व. मानबहादुर मगरको स्मृतिको पहिलो संस्करणमा बिभिन्न स्थानीय तथा केही राष्ट्रिय स्तरका प्रतियोगितामा समेत खेलीसकेका सशक्त टिमहरुको समेत सहभागिता रहने आयोजक क्लवका अध्यक्ष सुनिल तामाङले उपहारन्यूजलाई बताए ।

प्रतियोगितामा स्थानीय र जिल्ला बाहिरको गरेर आठ वटा टिमको सहभागिता रहेको छ । बुद्ध एकता युथ क्लव बेलका, बेल्टार युथ क्लव, बसाहा क्लव, हडियाँ फुटबल क्लव, अजम्वरी युथ क्लव भागलपुर, न्यु त्रियुगा फुटबल क्लव फत्तेपुर सप्तरी, ब्रदर युथ क्लव बसाहा र आयोजक सृजना युवा क्लवसहित ८ टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको उद्घाटन चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले गरेका थिए । त्यस्तै विजेता टिमले ३० हजार र उप–विजेताले २० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । आयोजकबाट प्राप्त जानकारी अनुसार शुक्रबार (कात्तिक १७ गते) देखि सुरु भएको प्रतियोगिता कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ ।

Last updated:2023 Nov 03 Friday 15:10:11

प्रतिक्रिया
सम्बन्धित समाचार