उदयपुर, असोज २१ ।
नेपालकै सबैभन्दा पुरानो बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय गाईघाटले आधादर्जन अभिकर्ताहरुलाई सम्मान गरेको छ । शाखाको तर्फबाट उत्कृष्ट व्यवसाय गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।
कम्पनीको केन्द्रिय प्रतिबिधिको रुपमा आएका डेप्युटी चिफ एक्जीक्युटिभ अफिसर स्मृतीराज कँडेलको उपस्थितीमा सञ्जाल तथा व्यक्तिगततर्फबाट उत्कृष्ट व्यवसाय गर्नेहरुलाई सम्मानित गरिएको गाईघाट शाखा प्रमुख प्रेमकुमार राईले जानकारी दिए । गाईघाट सिमलबोटस्थित रत्ना रिसोर्टको सभाहलमा आयोजित ‘अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम’मा करिब अढाईसय बढी सहभागी थिए ।
ब्रान्च म्यानेजर राईका अनुसार गाईघाटबाट सन्जाल सहितको व्यवसायबाट उत्कृष्ट काम गर्ने खेसबहादुर ज्युठकुरी प्रथम, थमान राई दोस्रो र होहबहादुर लुङ्गेली तेस्रो स्थानमा सम्मान ग्रहण गरेका थिए । त्यस्तै ब्यक्तिगत व्यवसायबाट उत्कृष्ट प्रथम उमेशकुमार बस्नेत, दोस्रो युनिका बस्नेत तेस्रो देवकुमारी मगर सम्मानित भए ।
त्यसैगरी कटारी शाखा अन्तर्गत पनि उत्कृष्ट व्यवसाय गर्नेहरुलाई समेत सम्मान गरिएको थियो । नेशनलले हरेक वर्ष उत्कृष्ट बिभिन्न तहका अभिकर्ताहरुलाई प्रोत्साहनका लागि पुरस्कृत तथा सम्मान गर्दै आएको छ ।

