Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा मलद्धारबाट लागुऔषध ल्याउदै गर्दा ५ जना पक्राउ

  • उपहार न्यूज
  • सोमबार, असोज १५ २०८०
उदयपुरमा मलद्धारबाट लागुऔषध ल्याउदै गर्दा ५ जना पक्राउ

उदयपुर, असोज १५ ।
उदयपुरमा मलद्धाराबाट लागुऔषध ल्याउदै गर्दा पाँच जना युवक समातिएका छन् । जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार बजारमा शरिरमा फ्रिजिङ गरी लागुऔषध भित्राउदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले चेकिङ गर्नेक्रममा भारी मात्रामा लागूऔषध भेटिएको उदयपुर प्रहरीले जनाएको छ । मलद्धारमा लुकाएर लागुऔषध कारोबारमा संलग्न सबै बेल्टार बजारका हुन् ।

जसअनुसार जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ का अन्दाजी ३० वर्षीय बिनोद राईको साथबाट फेनारगन ५ एम्पुल, लेबल नभएको ५ एम्पुल बरामद भएको छ । त्यस्तै सोही ठाउँका अन्दाजी ३२ वर्षीय बिदुर राईको साथबाट फेनारागन १ एम्पुल, ३० वर्षीय बिशाल राईको साथबाट लुपिजेसिक १ एम्पुल, डाईजोपाम ५ एम्पुल, फेनारागन ६ एम्पुल बरामद भएको छ ।

यसैगरी चौनपा ६ कै ३२ वर्षीय मनोज राईको साथ बाट फेनारागन २ एम्पुल, लुपिजेसिक ३ एम्पुल, लेबल नभएको ४ एम्पुल बरामद भएको छ । ३२ वर्षका प्रबेश चौहानको साथबाट लुपिजेसिक २ एम्पुल, फेनारागन १ एम्पुल, डाईजोपाम १ एम्पुल गरी जम्मा फेनारागन १४ एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाईजेपाम ६, लेबल नभएको ९ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नियमित चेकजाँचको क्रममा ति युवाहरुको गतिबिधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिई स्थानीय बेल्टारस्थित चौदण्डीगढी हस्पीटल प्रालीमा भिडियो एक्सरे गरिएको थियो । भिडियो एक्सरेमा मलद्धारमाभित्र फ्रिजिङ गरी राखिएको लागुऔषध देखिएपछि डाक्टरकै सहयोगमा बाहीर निकालिएको थियो । संलग्न सबैलाई कानुनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाउन उदयपुर जिल्ला अदालतबाट १० दिनको म्याद समेत थपिएको छ ।

योभन्दा केही वर्षघि पनि सोही क्षेत्र हेर्ने इप्रका बेल्टारका तत्कालिन प्रमुख बुद्धि चौलागाईको पालामा समेत निकै पटक मलद्धारबाट लागुऔषध कारोबार गर्नेहरु समातिएका थिए । त्यसयता केही समय शान्त रहेको बेल्टारमा फेरि पछिल्लो समय लागुऔषध सेवनकर्ता र कारोबारीको संख्या बाकुलिदै गएको स्थानीय बताउछन् ।

Last updated:2023 Oct 02 Monday 14:57:06

प्रतिक्रिया
सम्बन्धित समाचार