Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

खोटाङमा ५ वर्षीया बालिका बलात्कृत, उदयपुरमा उपचार हुँदै

  • उपहार न्यूज
  • आइतबार, असोज १४ २०८०
खोटाङमा ५ वर्षीया बालिका बलात्कृत, उदयपुरमा उपचार हुँदै
young girl sitting down alone in the dark.

उदयपुर, असोज १४ ।
खोटाङमा छिमेकीको घरमा खेलीरहेकी एक बालिका बलात्कृत भएकी छन् । जिल्लाको जन्तेढुंगा गाउँपालिका वडा नम्बर- ६ ति बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय ट्वाके माईला भनिने राजु राई पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार राईले ति बालिकालाई मोवाईलमा अस्लील भिडियो देखाउदै बलात्कार गरेका थिए । घटनालगतै फरार भएका राईलाई इप्रका चिसापानीबाट असईको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको थियो ।

पीडित बालिकाको अत्यधिक रक्तश्रापका कारण स्वस्थ्यअवस्था गम्भीर भएपछि रातारात उदयपुर लगिएको वडाध्यक्ष सागर राईले जानकारी दिए । बालिकाको अहिले बोक्सेस्थित उदयपुर जिल्ला अस्पतालमा उपचार भईरहेको छ । उपचारमा संलग्न डाक्टरका अनुसार पीडितको रक्तश्राम भने रोकिएको छ ।
खेलीरहेकी बालिका एक्कासी चिच्याएपछि गाउँलेले थाहा पाएर घटना बाहिरिएको हो । वडाध्यक्षका अनुसार घटनामा संलग्न ट्वाके माईलाको असली नाम नागरिकतामा भने दीपक राई उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार