झापा, असोज १२ । झापामा डमरुप्रसाद नाम गरेका एक प्रमुख प्रशासकीय अधिकृतले तताएको सामाजिक सञ्जाल सेलाउन नपाउदै फेरि अर्को कर्मचारीको ‘जंगलमा मंगल’ भिडियो सार्वजनिक भएको छ । जिल्लाको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत एकजना महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला आफ्नो श्रीमतीले फेला पारेपछि घटना डिजिटललाईज बनेको हो ।
नगरमा कार्यरत सिनियर अहेब (अधिकृत) बस्नेतलाई सोही नगरकै स्वास्थ्य शाखामा कार्यरत घिमिरे थरकी एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले जंगलमा भेटेपछि घटना बाहिरिएको हो । बस्नेतकी श्रीमतीले ती महिला कर्मचारी लिएर हिँडेको थाह पाएसँगै छिछा गर्न थालेकी थिइन् । पछ्याउदै गएकी श्रीमतिले जंगलभित्र भेटेपछि घटना छताछुल्ला बन्यो ।
महिला कर्मचारीसँग बस्नेत कार्यालयको पोशाकमै देखिएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा बस्नेतकी श्रीमतीले बस्नेतलाई गालीगलौज गर्दै लछारेको देख्न सकिन्छ । पछिल्लो समय झापासहित पूर्वमा कार्यरत सरकारी कर्मचारीको यस्ता अनैतिक गतिविधि बढेको पाइएको छ ।
झापामा यसअघि पनि दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरु निरौला, माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको अनैतिक गतिविधिको घटना सार्वजनिक भएको थियो ।